तुलसीपुरको एक जुत्ता चप्पलको गोदाममा भिषण आगलागी, पाँच जनाको शव पहिचान

माघ २८। दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ ‘ङ’ लाइनस्थित ‘इरम फुटवेयर’ जुत्ता चप्पल गोदाममा आगलागी हुँदा मृत्यु भएका ५ जनाको परिचय खुलेको छ ।ईलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी श्यामु अर्यालका अनुसार मृत्यु हुनेमा हुनेमा १३ वर्षीया सुजिता खातुन, १४ वर्षीय हसन बकस, १५ वर्षीय मसिन बकस, ४० वर्षीय नजरदिन अलि र ५ वर्षीय आबिददिन अलि रहेको छन् ।मृतकहरुको शव जलेको अवस्थामा निकालिएको छ । मृतकको शव अहिले तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा राखिएको डिएसपी अर्यालले बताए ।आज बिहान पौने दुई बजेतिर गस्तीमा गएको प्रहरीको टोलीले गोदाममा आगो लागेको देखेका थिए। आगो करिब ५ घन्टापछि ईलाका प्रहरी कार्यालय तुलसीपुर, नेपाली सेना, सशस्त्र प्रहरी, स्थानीय तथा तुलसीपुर र घोराही उपमहानगरपालिकाको दमकलले नियन्त्रणमा लिएको थियो।विद्युत सर्ट भएर आगो लागेको हुनसक्ने प्रहरीको प्रारम्भीक अनुमान रहेको छ। आगलागीबाट कतीको क्षेति भएको छ भन्ने अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।यसैबीच जुत्ता चप्पल गोदामको आगलागीमा परेर मृत्यु भएको शोकमा आज एक दिन तुलसीपुर बजार बन्द गरिएको छ।व्यवसायी र उनीहरुको परिवारको मृत्युको शोकमा आज एक दिनका लागि बजार बन्द गरिएको तुलसीपुर उद्योग वाणिज्य संघका महासचिव बिनिल केसीले जानकारी दिनुभयो । संघको आकस्मीक बसेको बैठकले व्यवसायी मृत्युको शोकमा तुलसीपुर बजार बन्द गर्ने निणर्य गरेको उहाँले बताउनुभयो।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *