गठबन्धनभित्र एमसीसीको विषयमा पेचिलो छलफल

चेतना अनलाइन

काठमाडौं, १९ माघ । प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच छलफल भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बुधवार झन्डै एक घण्टा कुराकानी भएको छलफलमा सहभागी सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

प्रधानमन्त्रीले अमेरिकी सहयोग मिलिनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) सम्झौता छिटो संसदबाट पारित गर्ने विषयमा प्रचण्ड र नेपाललाई सहयोग गर्न आग्रह गरेका थिए । जवाफमा प्रचण्ड र नेपालले एमसीसी सम्झौतामा रहेका केही विषयमा प्रष्ट पारेर मात्रै पारित गर्नुपर्ने अडान दोहो¥याउनुभएको मन्त्री कार्कीले बताए ।

त्यस्तै देउवाले मङ्गलवार निर्वाचन आयोगका पदाधिकारीसँग छलफल गरेर स्थानीय तह चुनावको मिति तोक्नेबारे भएको छलफलका बारेमा पनि जानकारी गराएका थिए ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *