कुबेर वलीलाई केन्द्रीय सदस्यमा मनाेनित गर्न ध्यानाकर्षण पत्र बुझाइने

चेतना अनलाइन

घाेराही । दङ्गाली कम्युनिस्ट आन्दाेलनका अग्रज नेता कुबेर वलीलाई माओवादी केन्द्रकाे केन्द्रीय सदस्यमा मनाेनित गर्न ध्यानाकर्षण पत्र बुझाइने भएकाे छ ।

माओवादी केन्द्र शान्तिनगर गाउँपालिकाकाे बैठकले माओवादी दाङका संस्थापक नेता वलीलाई केन्द्रीय समितिमा मनाेनित गर्नका लागि माथिल्लाे कमिटीमा ध्यानाकर्षण पत्र बुझाउने निर्णय गरेकाे हाे । बैठकले वलीलाई पार्टीले पछिल्लो समय उपेक्षा गर्दै गएको र हाल आठौ राष्ट्रिय महाधिवेशन बाट केन्द्रिय कमिटीमा चयन नगरेकाेमा चिन्ता व्यक्त गरेकाे छ ।

बैठकले गाउँपालिका कमिटीमालाई पूर्णता दिन ६ जना मनोनित गर्नु पर्नेमा तीन जना पछि थप गर्ने गरी हाललाई गुमानसिंह परियार, कृमलाल चौधरी र पतिराम चौधरी लाई मनोनीत गरेको छ ।

बैठकले गाउँपालिकामा तीन जना पछि थप गर्ने गरी १७ सदस्यीय सचिवालय कमिटी पनि गठन गरेको छ ।

बैठक मा पार्टीका केन्द्रीय सदस्य निर्मल आचार्य विमलले भर्खरै सम्पन्न भएको पार्टीको आठौं राष्ट्रिय महाधिवेशनबाट पार्टीले लिएको कार्यदिशा र आगामी कार्यभार बारे प्रष्ट पार्दै पार्टीको नीति तथा कार्यक्रमलाई दृढताका साथ पालन गर्न र उत्साहका साथ जनतामा लैजान निर्देशन दिनुभयाे ।

बैठकमा पार्टी केन्द्रीय सल्लाहकार शेशुराम भण्डारी, लुम्बिनी प्रदेश कमिटी सदस्यहरु भिम बहादुर वलि ड्राइभर, खर्के सुनार शिशिर, राधिका परियार, दाङ जिल्ला समन्वय सदस्याहरु महेश वलि, भीषण चौधरी, मोहन वलि, गोपाल भण्डारी र लुम्बिनी प्रदेश जेष्ठ कम्युनिष्ट मन्चका सदस्य नर बहादुर वलि निराजनले प्रशिक्षण मन्तव्य राख्नु भएको थियो ।

गाउपालिका अध्यक्ष नेवबहादुर रोका (स्टार) को अध्यक्षतामा भएको बैठक को संचालन गाउपालिका सचिव पिमलाल वलिले गर्नुभएको थियाे ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *