मूल्यबृद्धि फिर्ता नगरे आन्दोलन गर्ने युवा संघको चेतावनी

चेतना अनलाइन

घाेराही, ६ माघ । राष्ट्रिय युवा संघ नेपाल दाङले पेट्रोलिम पद्धार्थमा गरिएको मूल्यबृद्धि फिर्ता गर्न सरकारलाई चेतावनी दिएको छ ।

युवा संघ दाङले बिहीबार बिज्ञपित् जारी गर्दै तत्काल मूल्यबृद्धि फिर्ता नगरे कडा आन्दोलन गर्ने चेतावनी दिएको हो ।

संघका अध्यक्ष देवु बस्नेत र सचिव दिनेश आचार्यले बिज्ञप्ति जारी गर्दै जनतामाथिको ज्यादती, उत्पीडन र अन्याय टुलूटुलू हेरेर बस्न नसक्ने चेतावनी दिनुभएको छ ।

‘यस प्रकारको मूल्यबृद्धिले निश्चितरुपमा यातायातलगायत अन्य दैनिक उपभोग्य सरसामानका साथै हरेक क्षेत्रमा मूल्यबृद्धि हुनेछ’, विज्ञप्तिमा भनिएको छ, ‘नेपाली जनताले कोरोनाको महामारीले गर्दा आफ्ना गतिविधि निर्वाधरुपमा गर्न नपाइरहेको यस परिवेशमा कसैले बिरोध गर्न सक्दैनन् भन्ने अभिप्रायले लकडाउनको मौका छोपी सुनियोजितरुपमा जनबिरोधी सरकारले मूल्यबृद्धि गरेको छ ।

सरकारका जनबिरोधी गतिविधिका बिरुद्ध बिगतदेखि नै युवा संघ आन्दोलित रहँदै आएको भन्दै बिज्ञप्तिमा यस प्रकारका गतिविधि तत्काल सच्याउन सरकारलाई आग्रह गरिएको छ ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *