पारिश्रमिक थप नगरेको भन्दै विद्यालयका कर्मचारी आन्दोलित

भावना सुबेदी


तुलसीपुर, ५ माघ । नेपाल विद्यालय कर्मचारी परिषद तुलसीपुरले तुलसीपुर  उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेलाई ध्यानाकर्षण पत्र बुझाएको छ । तुलसीपुर नगर समितिका अध्यक्ष मिना भण्डारी र सचिव चेतनराज बस्नेतको नेतृत्वमा गएको विद्यालय कर्मचारी टोलीले नगरप्रमुख पाण्डेलाई माग सहित ध्यानाकर्षण पत्र बुझाएको हो ।

चालु आर्थिक वर्षमा स्थानीय सरकारले विद्यालय कार्यालय सहयोगी र बालविकास शिक्षकहरूको सात हजार थप गरी पारिश्रमीक लागू गरेपनि आफूहरूको एक हजार पाँच सय मात्रै थप गरिएको भन्दै उनीहरूले आपत्ती जनाएका छन् ।

दाङका अन्य पालिकाहरूमा भने सम्बन्धित पालिकाले कार्यालय सहयोगी, बालविकास सहजकर्ताको अनुपातमा विद्यालय कर्मचारीहरूको पनि सात हजारका दरले पारिश्रमीक थप गरेकोमा तुलसीपुर उपमहानगरपालिकामा यो लागू नभएको ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ ।

तुलसीपुर शिक्षा शाखाबाट आवश्यक बजेट विनियोजन हुनुको साथै शिक्षा समितिले समेत सिफारिस गरेको अवस्थामा कार्यपालिकाको बैठकले माग सम्बोधन नगरी पन्छिने काम भएको पत्रमा उल्लेख छ । 

आफूहरूको माग एक हप्ता सम्म पूरा नभए तुलसीपुर उपमहानगरपालिका कार्यालयमा तालाबन्दी गर्ने उनीहरूको चेतावनी छ । यता नगरप्रमुख पाण्डेले ध्यानाकर्षण पत्र बुझदै सम्बन्धित विद्यालयले त्यसको व्यवस्थापन गर्ने गरी कार्यपालिका बैठकले निणर्य गरेको प्रतिक्रिया दिनुभएको छ ।

 

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *