खाम भाषाको संरक्षणमा स्थानीय सरकार 

चेतना अनलाइन

घोराही, ५ माघ ।  मगर समुदायले बोल्ने खामभाष लोप हुदै  गएको छ । परम्परागत खाम भाषा बोल्ने भाषिक समुदायको अभाव हुँदा यो भाषा लोप हुँदै गएको हो । यो भाषा बोल्ने पुराना व्यक्तिको मृत्यु हुन  र नयाँ पुस्तामा खाम भाषा स्थानान्तरण नहुदाँ लोप हुँदै गएको छ  ।

रिडीको पश्चिमभाग दाङ हुँदै कर्णाली प्रदेश सम्म बोलिने १८ मगरातको ९खाम०  रिडीको पूर्वीभागमा  बोलिने  १२ मगरातको (मैढुट)  र सुदूरपश्चिममा बोलिने (काईकेल)  भाषा मगर समुदायका प्रमुख भाषीका  हुन ।

यी तीनवटै भाषा बोल्ने मानिसको  संख्या थोरै मात्र  रहेको खाम भाषाका प्रशिक्षक कृतिमान पुनको भनाई छ । पुराना व्यक्तिमा भाषा ज्ञानको  भएपनि युवा पीढीले  यसमा चासो नदिदा समस्या देखिएको पुनको भनाई छ ।

युवा पीढीले खाम भाषा सिक्न ध्यान नदिदा अहिले मगर भाषा नै गाउँ समाजबाट हराउँदै गएको  अर्का भाषा प्रशिक्षक बईनशरी पुन बताउँनु हुन्छ ।

रोल्पाबाट दाङ बसाइसराई गरि आएका मगर समुदायको मुख्य भाषा खाम भएपनि यो समुदायमा नेपाली भाषाको प्रभाव धेरै रहेको उहाँको भनाई छ । बाल बच्चाले नै पहिलो भाषाका रुपमा नेपाली भाषामा बोलचाल गर्न थालेसँगै  खाम पुरै लोप हुने अवस्थामा छ पुनले भन्नुभयो ।

परम्परा बचाउँन भाषाको ठुलो काम हुने भन्दै पछिल्लो समय मगर समुदायको कलासंस्कृति, भेषभुषा पनि कतै हराउँछ की भन्ने प्रश्न उब्जिएको देखिन्छ । मगर महिलाले लगाउँने गुन्यू चोलो, पुरुषले लगाउँने पहिरन मेला महोत्सव र चाडपर्वमा मात्र सीमित भएको घोराही १४ की दिलकुमारी बुढाको अनुभव छ । बुढाले लोप हुन थालेको खाम भाषा बचाउँने अभियानमा आफूहरू जुटेको उहाँको भनाई छ ।

सात दिने खाम भाषाको तालिम समापन 

घोराही उपमहानगरपालिका वडा नं. १४ ले आयोजना गरेको ७ दिने खाम भाषाको  तालिम समापन गरिएको छ ।

मगर समुदायको परम्परागत भाषाका रुपमा रहेका यो भाषा सिकाउन  तालिम आयोजना गरिएको थियो । मगर समुदायको खाम भाषा  लोप हुने अवस्थामा रहेकोले यसको संरक्षण र प्रर्वद्धन गर्न तालिम आयोजना गरिएको वडा अध्यक्ष शक्तिराम डाँगीले जानकारी दिनुभयो ।

तालिम समापन गर्दै वडा अध्यक्ष डाँगीले खाम भाषा सिङ्गो मगर जातिको पहिचान भएको बताउँदै यसको संरक्षण गर्नु स्थानीय निकायको दायित्व हुने उल्लेख गर्नुभयो ।

तालिम समापनमा अवसरमा नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेशका सदस्य हरिमान पुन (बरुण) नेपाल मगर मुक्ती मोर्चाका पूर्व उपाध्यक्ष भिमकुमारी बुढा, कल्पर्धशालाका सचिव बसन्त गुप्ता लगायतले शुभकामना व्यक्त गर्नु भएको थियो ।

तालिममा मगर, दलित, मुस्लिम र मधेशी समुदायका करिब २० जना प्रतिनिधीहरुको सहभागिता रहेको थियो । नेपाल मगर महिला सेवा समितिका अध्यक्ष बईनशरी पुनको अध्यक्षतामा भएको कार्यक्रमको संचालन दिलकुमारी बुढाले गर्नु भएको थियो ।

 

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *