चालु आर्थिक वर्षमा दाङमा १५ वटा झोलुंगे पुल निर्माण हुदै

चेतना अनलाइन

घोराही, ४ माघ । दाङको घोराही ३ मसोट खोला स्थित वर्सेवा घाटमा निर्माण भएको झोलुंगे पुलको उद्घाटन गरिएको छ ।

लुम्बिनी प्रदेश सभा सदस्य रेवतीरमण शर्माले पुलको उद्घाटन गर्नुभएको हो । पुल उद्घाटन कार्यक्रममा बोल्दै उहाँले गाउँ र शहरलाई जोड्ने भएकाले सुविधा उपभोगमा सहज हुने बताउनुभयो ।

त्यस्तै सेवा प्रतिष्ठान नेपाल केन्द्रिय कार्यालय दाङका प्राविधिक दिपेश गौतमले चालु आर्थिक वर्षमा जिल्लाका १० स्थानीय तहमा १५ वटा झोलुंगे पुल निर्माण कार्य भइरहेको जानकारी दिनुभयो । स्थानीय सरकार, दातृ निकाय तथा सेवा प्रतिष्ठान नेपालको साझेदारीमा झोलुंगे पुल निर्माण भैरहेको उहाँको भनाई छ ।

राप्ती, दंगिशरण र शान्तिनगरमा एक/एक वटा गढवा, राजपुर, बङ्गलाचुली, लमही, र तुलसीपुरमा २/२ वटा झोलुंगे पुल निर्माण भैरहेका छन् । प्रतिष्ठानले दाङ लगायत पहाडी जिल्ला पश्चिम रुकुम, पूर्व रुकुम, रोल्पा, प्युठानमा सयौँको सङ्ख्यामा झोलुंगे पुल निर्माण गरिसकेको जनाएको छ ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *