शिवु खनाल
सिरियानाका, ४ माघ । दाङ देउखुरीको राजपुर गाउँपालिका देखि भारतसँग जोड्ने तीनवटा नयाँ खोलिएका सडक विभिन्न ठाउँमा पहिरो खसेर पटकपटक अवरोध भइरहेको छ ।
राजपुर गाउँपालिका वडा नम्बर २ बेला, माररि, रसरिखोला हुदै पटौलीनाका जोड्ने सडकमा सिम जागेर पहिरो खसेपछि विभिन्न नाका जाड्ने सडक सञ्चालन हुन सकेको छैन । नाका जोड्ने सडक अवरुद्ध जस्तै छ । भारतसँग जोडिएका सीमावर्ती क्षेत्रका बस्तीमा जोड्ने सडकहरूमा पटकपटक सिम जागेर खसेको पहिरोले अवरोध पुर्याइरहेको छ ।
अझ वर्षायाम सुरु भएपछि सडकमा हुने क्षतिको आँकडा बढ्ने अनुमान गरिएको राजपुर गाउँपालिकाका वडा नम्बर १ बरूवानाका निवासी लक्ष्मण केसीले बताउनुभयो । उहाँले भन्नुभयो,–। ‘गाउँपालिकाले नाका जोड्ने सडक सुरक्षालाई महत्व नदिइँदा वर्षैपिच्छे बाढी र पहिरोको चपेटामा अर्बौं लगानीका सडकहरू बग्ने र भत्किने गरेका छन् । सडकको सुरक्षातर्फ ध्यान नदिँदा धेरै व्यक्तिले दुर्घटनाबाट ज्यान गुमाउने जोखिम समेत बढ्दैछ ।’
त्यतिमात्र होइन, सडक अवरुद्ध हुँदा हुने आर्थिक नोक्सानीको हिसाब नै गरिँदैन । राजपुर र गढवा गाउँपालिका अन्तरगत नाका जोड्ने सडकहरू नै पहिरोबाट ग्रसित छन्, जसले गर्दा स्थानीय नाकाबासीहरूले वर्षेनी सास्ती खेप्नुपरेको छ, पटौलीनाका निवासी हेमराज गिरिले भन्नुभयो,–। ‘नाकामा उत्पादित कृषिजन्य तथा खाद्य सामाग्री बाटैमा कुहिने अवस्था समेत आउँछ । उक्त सामाग्रीले बजार पाउनै मुस्किल हुन्छ । सबै सडेर जान्छ ।’
यता राजपुर गाउँपालिका वडा नम्बर ७ भौवानाका निवासी मंसलसिंहले प्रत्येक वर्ष आफ्नै नेपाली भूमि जान भारतीय सडक प्रयोग गर्दै आएको गुनासो सुनाउनुभयो । उहाँले भन्नुभयो,–। ‘गाउँपालिकाबाट अहिलेसम्म नाका जोड्ने सडकलाई बाढी र पहिरोजस्ता जोखिमबाट जोगाउन भने पर्याप्त बजेट विनियोजन नै गरिँदैन ।’
सडकको आडैमा बगिरहेका र सडकबाट क्रस हुने नदी, खोला, खोल्सा र नालामा पानी नियन्त्रणको काम पनि योजना बनाएर हुने गरेको छैन । वर्षायाममा ठूलो भेल आउँदा त्यसले नाका जोड्ने सडक र कल्भर्टमा सँधै क्षति पु¥याउने गरेको छ, राजपुर गाउँपालिका वडा नम्बर ७ डगमारानाका निवासी प्रमोद घर्तीले भन्नुभयो,–। ‘बिग्रिएपछि मात्रै नाकाका सकड बनाउने र निर्माणका क्रममा भविष्यमा समस्या आउँछ भनेर सोच्दै नसोच्ने प्रवृत्तिका कारण सडकहरूमा यसखालका समस्या आउने गरेको हो ।’
यता राजपुर गाउँपालिका ( माओवादी केन्द्र) का अध्यक्ष चक्रबहादुर खड्का ( शिखर) ले ट्रयाक खोलेर साधारण पर्खाल लगाउने र ग्राभेलमाथि पिच हालेपछि हात बाँधेर बस्ने प्रवृत्तिले नै नाका जोड्ने सडकमा समस्या बढाइरहेको बताउनुभएको छ ।
बर्खाको समय, अप्ठ्यारो बाटो, ठाँउठाउमा ठुला ठुला खोलानाला र खाल्डा खुल्डि छ्न् । त्यसैले पैदल हिड्न पनि गाह्रो छ, राजपुर गाउँपालिका वडा नम्बर १ सिरियानाका निवासी विनोद बुढाले भन्नुभयो,–। ‘नाका जोड्ने बाटो निकै अप्ठयारो छ । हिड्दा कतै लडिने पो हो कि भन्ने त्रास छ । नाका क्षेत्रका गाउँमा यातायातका साधन चल्ने गरी अझै सम्म पनि गतिलो बाटो बनेको छैन ।’ ‘नाका जोड्ने गतिलो बाटो निर्माण भए गाउँमा उत्पादन हुने कृषि उपजले बजार पाउने स्थानियको अपेक्षा छ ।’ साना मोटरसाईकल नै गतिलोसँग गुड्न मिल्ने अवस्था छैन, भैसाहीँनाका निवासी टंक विकले भन्नुहुन्छ,–। ‘वर्षातका बेला हिलो र खाल्डोमा गाडी फसेको बेला डोरी र ट्याक्टरले तान्नुपर्छ भने आजभोलि पनि निकै डराएर गाडीहरु चलाउनु पर्छ । यो सडक कहिले पनि सुध्रिने जस्तो देखिदैन, कोही सुधार्ने निकाय पनि देखिदैनन् ।’