मौलिक पर्व तथा संस्कृतिहरुले हाम्रो राष्ट्रिय एकतालाई बलियो बनाएको छ : महरा

घोराही, १ माघ । पूर्व सभामुख कृष्णबहादुर महराले विभिन्न समुदायका मौलिक पर्व तथा संस्कृतिहरुले हाम्रो राष्ट्रिय एकतालाई बलियो बनाएको बताउनुभएको छ ।

थारु समुदायको माघी पर्व तथा मगर र अन्य समुदायको माघे संक्रान्ति (मकर संक्रान्ति) पर्वको अवसरमा शुभकामना व्यक्तः गर्दै महराले नेपाल बहु जातीय, बहु भाषिक, बहु सांस्कृतिक र बहु परम्पराले युक्त देश भएको र हाम्रा संस्कृति तथा पर्वहरूले नेपाली समाजको सांस्कृतिक सहिष्णुतालाई बलियो बनाइरहेको बताउनुभएको छ ।

‘हामी बीच एकअर्काका पर्व तथा संस्कृतिको सम्मान गर्ने परम्परा रहँदै आएको छ,’ महराले शुभकामनामा भन्नुभएको छ, ‘माघी पर्वको अवसरमा आफ्नो परम्परा अनुरूप हर्षोल्लासको साथ मनाउन म सबैमा आग्रह गर्दछु ।’ महराले नेपालमा कोरोना महामारीको तेस्रो लहर शुरु भएको उल्लेख गर्दै कोरोना महामारीबाट बच्नका लागि जनस्वास्थ्यका मापदण्डहरू कार्यान्वयन गर्दै सामाजिक दूरी कायम गरेर माघी पर्व मनाउन अनुरोध गर्नुभएको छ ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *