दाङमा होटेल साँझ ७ बजेसम्म खुल्ने, खोप कार्ड नहुनेलाई प्रवेश निषेध

घाेराही, २९ पुस । दाङमा स्मार्ट लकडाउन जारी गरिएको छ । कोरोना संक्रमण हुनेको दर बढेसँगै विहीबार जिल्ला स्तरीय कोभिड संकट व्यवस्थापन केन्द्रको बैठक बसी स्मार्ट लकडाउन जारी गरिएको हो ।

बिहिबार आज राती १२ बजेबाट लागूहने गरी स्मार्ट लकडाउन जारी भएसँग अब होटेर, रेष्टुरेन्टहरु साँझ ७ बजेसम्म मात्र खोल्न पाइने भएको छ । यस्तै माघ ७ गतेबाट कोभिड १९ विरुद्धको खोप लगाएकालाई मात्र सार्वजनिक स्थानमा प्रवेश दिने बैठकले निर्णय गरेको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा पुनका अनुसार खोप कार्ड नभएकालाई माघ ७ गतेबाट कार्यायल, सिनेमाहल, रेष्टुरा, हवाई यात्रा तथा पार्वमा प्रवेश निषेध गरिएको छ ।

त्यसैगरी आजको बैठकले २५ जना भन्दा बढी भिडभाड हुने कुनै पनि कार्यक्रम गर्न निषेध गरेको छ ।

साथै माघ १५ गतेभन्दा अघि भौतिक रुपमा पठनपाठन सञ्चालन नगर्न र पूर्व निर्धारित परीक्षाहरु स्वास्थ्य मापदण्ड अपनाएर गर्न सकिने निर्णय गरेको छ ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *