पाँच दलीय गठबन्धन राष्ट्रिय स्वाधीनता र संविधानकाे रक्षाका लागि : महरा

चेतना अनलाइन

बिजौरी, २९ पुस। नेकपा माओवादी केन्द्रका नेता एवं पूर्वसभामुख कृष्णबहादुर महराले सत्तारुढ पाँच दसलय गठबन्धन सत्ताकालागी नभएर मुलुकको स्वाधिनता र संविधान रक्षाकालागी भएको बताउनुभएको छ । साथै यो गठवन्धन आगामी निर्वाचनसम्मै जारी रहने उहाँले बताउनुभयो ।

नेकपा माओवादी केन्द्र तुलसीपुर उपमहानगरपालिका वडा नं. १८ कोकार्यालय उद्घाटन गर्दै प्रमुख अतिथि महराले यस्तो बताउनुभयो ।

प्रतिक्रियावादी शक्तिहरुले गठबन्धनलाई भत्काएर मुलुकको स्वाधिनता माथि हात हाल्न खोजिरहेको आरोप लगाउदै नेता महराले गठबन्धन माथिको त्यो षडयन्त्र परास्त गर्दै सत्तारुढ पाँचदल मुलुककोस्वाधिनता र संविधानको रक्षाका लागि दृढतापूर्वक अघि बढिरहेको स्पष्ट पार्नुभयो ।

वडा कमिटिका अध्यक्ष लोकबहादुर बहकरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि महराले एमसीसी पास गर्न प्रतिगमनकारी शक्तिले सत्ता गठबन्धन टुटाउने रफुटाउने अनेकौं षडयन्त्र रचेकाले त्यो प्रतिगमनकारीहरुको षडयन्त्र कदापी सफल नहुने उहाँको भनाई थियो । ‘यो गठबन्धन सत्ताका लागि होईन, मुलुकको स्वाधिनता र संविधानकोरक्षाका लागि हो ।’ उहाँले भन्नुभयो- ‘प्रतिगमनकारी शक्तिहरुले षडयन्त्र पूर्वक भ्रम पैदागर्दै जनता निशारा पार्ने खेलमा लागेका छन्  ।’ तर जनताले त्यो भ्रमलाई चिर्दै समाजवाद उन्मुख राज्य व्यवस्था निर्माणका अग्रसर बन्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा प्रमुख अतिथि महराले मुलुक विकास र समृद्धिको यात्रामातिव्रताका साथ अघि बढेको विश्वास समेत व्यक्त गर्नुभयो । राज्य पुर्नः संरचनाको अधिकारसँगैमुलुकले विकास र समृद्धिको रुपमा समेत परिवर्तन गरी मुलुक नयाँ गतिमा लगेको धारणा गर्नुभयो । जसका कारण मुलुकमा जनता परिवर्तन अनुभुती गर्न पाइरहेको र विकास लहर जनताको घरदैलोसम्मपुगेको उहाँको भनाइ थियो ।

महराले नेकपा माओवादी केन्द्र राष्ट्रिय महाधिवेशन पश्चात्त जनता माझ जाने नयाँ योजना र संरचना सहित जानथालेकाले जनता जनलहर पुनः माओवादीप्रति जन लहर उत्साह बढ्दै गइरहेको विश्वास समेत व्यक्त गर्नुभयो । नेकपा माओवादी केन्द्रका लुम्विनी प्रदेशका सदस्य रामबहादुर दहितले जनताको न्याय र स्वतन्त्राको अधिकार स्थापित गर्न माओवादी आन्दोलन अघि बढेको बताउनुभयो । कार्यक्रममा पार्टीका नेता शेषुराम भण्डारी लगायतकाले बाेल्नुभएकाे थियाे ।

पार्टीकासह-सचिव गिरिराज नेपालीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन सचिव डिल्लीबहादुर ददेलले गर्नुभएको थियो ।

महराले बिहिवार तुलसीपुर उपमहानगरपालिका वडा नं. १७मा समेत मतदाता भेटघाट गर्नुभएको छ । स्थानीय पार्टीको आयोजनामा मतदाता भेटघाट कार्यक्रम सम्पन्न भएको थियो ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *