गणतन्त्र राष्ट्रिय दैनिकको १५ औं वर्षमा, सम्मान, पुरस्कार एवं सामाजिक कार्य गरिने

चेतना अनलाइन

घोराही, १४ पुस । दाङको घोराहीबाट नियमितरुपमा प्रकाशित हुँदै आएको क वर्गको गणतन्त्र राष्ट्रिय दैनिकले १५ वर्ष पुगेको अबसरमा विभिद् कार्यक्रम गर्ने भएको छ ।

पत्रिकाले १५ औं वार्षिकोत्सवको अबसरमा १५ दिनसम्म विभिद कार्यक्रम गर्ने भएको छ । देउखुरी, घोराही, तुलसीपुर, पश्चिम दाङलगायतका क्षेत्रमा पत्रिकाले वार्षिकोत्सवको अबसरमा विभिन्न कार्यक्रम गर्ने तयारी गरेको पत्रिकाका प्रकाशक, सम्पादक सविन प्रियासनले जानकारी दिनुभयो । पत्रिकाले यस बीच सामाजिक कार्यका साथै रचनात्मक क्रियाक्लाप, सामाजिक कार्य, मानव सेवासँग जोडिएका कामहरु, सम्मान एवं पुरस्कार वितरण समेत गर्न लागेको प्रियासनले जानकारी दिनुभयो ।

यस क्षेत्रकै लोकप्रिय सञ्चार माध्यमकारुपमा स्थापित गणतन्त्र दैनिकले हरेक वर्ष वार्षिकोत्सवलाई सिर्जनशील तरिकाले मनाउँदै आएको छ । यस वर्ष पनि उक्त कार्यलाई निरन्तरता दिइने पत्रिकाले जनाएको छ । पत्रिकाले वार्षिकोत्सवको अबसरमा विशेष अंकहरु समेत प्रकाशित गर्न लागिरहेकाले आफ्ना लेख रचना उपलव्ध गराउन समेत प्रियासनले सबैमा अनुरोध गर्नुभएको छ ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *