५ महिनामा ८ सय ४४ जना महिला बालिकामाथि हिंसा

भावना सुबेदी

घोराही, १२ पुस । महिला माथि घरेलु हिंसाका घटना बढ्दै गएको छ । महिला पुनर्स्थापना केन्द्र ओरेकले पछिल्लो ५ महिनामा गरेको अध्ययनले महलिा माथि घरेलु हिंसाका घटना बढिरहेको देखाएको हो ।

गएको साउन महिनादेखि मङ्सिरसम्ममा ८ सय ४४ जना महिला तथा बालिकामाथि भएकामा ४ सय ७५ घटना घरेलु हिंसासँग सम्बन्धित रहेका ओरेकले जनाएको छ ।

यता दाङमा ओरेकले संकलन गरेको तथ्यांकमा २४ वटा हिंसाका घटना भएका छन् । १९ जना महिला र ५ बालबालिका घरेलु हिंसामा परेर न्याय माग्न आएको ओरेकले जनाएको छ ।

श्रीमान तथा परिवारका अन्य सदस्यबाट महिलालाई विभिन्न बहानामा कुटपिट गरिएका, स्रोतसाधनबाट वञ्चित गरिएका, घरनिकाला गरिएका, गालीगलौज गरी भावनात्मक चोट पुगेका, विभिन्न डर त्रास देखाई मानसिक यातना दिएका तथ्याङ्कहरू संकलन भएका छन् ।

 

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *