पत्रकार महासंघ दाङ शाखाको २९ औँ स्थापना दिवस सम्पन्न

४ पौष ,घोराही । नेपाल पत्रकार महासंघ दाङ शाखाले आफ्नो २९ औँ स्थापना दिवस सम्पन्न भएको छ । महासङ्घले आज घोराहीमा एक कार्यक्रम गर्दै सम्मान, पुरस्कार वितरण र शुभकामना आदानप्रदान गरेर स्थापना दिवस सम्प्पन गरेको हो  ।

महासङ्घले १५ जना क्रियाशील पत्रकारहरूलाई पुरस्कृत गरेको छ । जस अनुसार सविन प्रियासन, लिला शाह, जेएन सागर, भुपेन्द्र वली, दामोदर बस्नेत, सरिता चौधरी, लिलाधर वली, प्रेमविवस घर्ती, पाण्डव शर्मा, सविता चौधरी, जितबहादुर चौधरी, जनक नेपाली, देव यादव र विरेन्द्र गिरीलाई विभिन्न क्षेत्रका व्यक्तिहरूले स्थापना गरेको पत्रकारिता अक्षयकोषबाट पुरस्कृत गरिएको हो ।

महासंघले दिवंगत भएका पत्रकारहरू दामोदर अधिकारी, लक्ष्मण बस्नेत र हेमप्रकाश वलीलाई मरणोपरान्त पत्रकारिता पुरस्कार प्रदान गरेको छ । सञ्चार गृहतर्फ नयाँ युगबोध राष्ट्रिय दैनिक, रेडियो हाम्रो पहुँच र तुलसीपुर अनलाइनलाई कदर पत्रले सम्मान गरेको छ ।

साथै पत्रकार महासंघले पुरस्कारको अक्ष्यकोष स्थापना गर्ने र कोरोना महामारीकालमा आइसोलेसन बनाउन सहयोग गर्ने तथा रक्तदानमा सहभागि भएकाहरूलाई समेत सम्मान पत्र प्रदान गरेको छ ।

शाखा अध्यक्ष दुुर्गालाल केसीको अध्यक्षता एवं महासंघका केन्द्रिय उपाध्यक्ष उदय जिएमको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्ने बक्ताहरुले पत्रकार महासंघको इतिहास र सामाजिक रुपान्तरणमा खेलेको भूूमिकाको चर्चा गरेका छन् ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *