राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको निमित्त उपकुलपतिमा डा. लामिछाने, भण्डारीको जिम्मेवारी खोसियो

चेतना अनलाइन

घोराही, १ पुस । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको निमित्त उपकुलपतिमा डा. बसन्त लामिछाने नियुक्त हुनुभएको छ ।

प्रतिष्ठानका शिक्षाध्यक्ष समेत रहनुभएका डा. लामिछानेलाई अर्को उपकुलपति नियुक्त नभएसम्मका लागि उपकुलपतिको हैसियतले कामकाज गर्ने गरी निमित्तको जिम्मेवारी दिइएको मन्त्रालयका नीति योजना तथा अनुगमन महाशाखाका वरिष्ठ अस्पताल नर्सिङ प्रशासक सकुन्तला प्रजापतिले जानकारी दिनुभयो ।

उहाँका अनुसार डा. लामिछानेलाई अर्को व्यवस्था नभएसम्मका लागि प्रतिष्ठानको प्रशासनिक, आर्थिक, शैक्षिक तथा प्राज्ञिक कार्यहरू गर्ने गरी निमित्त उपकुलपतिको जिम्मेवारी दिएको छ ।

मन्त्रालयले विवादास्पद छविकी प्रा.डा. संगीता भण्डारीलाई अर्को व्यवस्था नभएसम्मका लागि उपकुलपतिको हैसियतमा काम गर्ने गरि तोकिएको जिम्मेवारीको निर्णय बदर समेत गरेको छ ।

No description available.

 

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *