कांग्रेस महाधिवेशनमा दाङका दुई गिरीको भिडन्त, दाङका १० जनाको उम्मेदवारी

चेतना अनलाइन

घोराही । नेपाली काँग्रेसको जारी केन्द्रीय महाधिवेशनमा नयाँ नेतृत्वकालागि हुन लागेको निर्वाचनमा दाङबाट ६ जनाले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन् ।

पूर्वमन्त्री तथा केन्द्रीय सदस्य समेत रहेको दीपक गिरीले कोइरालाको प्यानलबाट उम्मेदावरी दर्ता गराएका छन् । त्यस्तै अनिता देवकोटा, विमला नेपाली, बमबहादुर डिसीले पनि उम्मेदावरी दर्ता गराएका छन् ।

त्यस्तै देउवा प्यानलबाट पूर्व सांसद गेहेन्द्र गिरीले उम्मेदवारी दर्ता गराएका छन् ।

त्यस्तै देउवा प्यानलबाटै स्वर्गीय खुमबहादुर खड्काकी श्रीमति शिला खड्कासहित योगेन्द्र चौधरी,पार्वती डिसी चौधरी, कृष्णकिशोर घिमिरेले उम्मेदवारी दर्ता गराएका छन् ।

त्यस्तै प्रकाशमान सिंहको प्यानलबाट प्रदिपराज शर्माले उम्मेदवारी दिएका छन् ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *