घोराही, २०८२ चैत ५ । दीपशिखा आवासीय माध्यमिक विद्यालयमा यू.के.जी (UKG) कक्षाको दीक्षान्त समारोह उत्साहजनक वातावरणमा सम्पन्न भएको छ । प्रारम्भिक तहको अध्ययन पूरा गरेका साना विद्यार्थीहरूलाई सम्मान गर्दै कार्यक्रम आयोजना गरिएको हो ।
समारोहमा विद्यालयका प्राचार्य तथा शिक्षक–शिक्षिकाहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा विद्यार्थीहरूले गीत, नृत्य तथा विविध प्रस्तुति प्रस्तुत गरी वातावरणलाई रमाइलो र आकर्षक बनाएका थिए ।
विद्यालय प्रशासनले बालबालिकाको सर्वाङ्गीण विकासमा जोड दिँदै उनीहरूको उज्ज्वल भविष्यको कामना गरेको छ ।

