पद्मोदय क्याम्पसमा श्रीपञ्चमी (सरस्वती पूजा) कार्यक्रम सम्पन्न

घोराही, दाङ । घोराही उपमहानगरपालिका–१७ स्थित त्रिभुवन विश्वविद्यालयअन्तर्गतको पद्मोदय क्याम्पसमा श्रीपञ्चमीको अवसरमा सरस्वती पूजा कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ । क्याम्पस परिसरमा मिति २०८२ साल माघ ९ गते शुक्रबार शान्त, सभ्य र भक्तिमय वातावरणमा उक्त कार्यक्रम आयोजना गरिएको हो ।

क्याम्पस प्रशासनको आयोजनामा सम्पन्न कार्यक्रममा घोराही उपमहानगरपालिका–१५ निवासी श्री गिरिराज बड्का तथा श्रीमती मीति बड्काको सौजन्यमा सरस्वती मन्दिर स्थापना गरिएको थियो । क्याम्पस प्रमुख किरण पौडेलले विधिवत पूजा–अर्चना गरी प्रसाद वितरण गर्दै कार्यक्रमको शुभारम्भ गर्नुभएको थियो ।

कार्यक्रममा क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष श्ताराप्रसाद अधिकारीसहित सम्पूर्ण पदाधिकारीहरू, सदस्यहरू, प्राध्यापकहरू, कर्मचारीहरू, विद्यार्थीहरू, अभिभावकहरू तथा शिक्षाप्रेमी एवम् शुभेच्छुक महानुभावहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

बिहान ठीक ७ः०० बजेदेखि सुरु भएको कार्यक्रममा सहभागीहरूले शिक्षाको विकास, शैक्षिक उन्नति, अनुशासन तथा सामाजिक सद्भावको महत्वबारे विचार व्यक्त गरेका थिए । कार्यक्रममा विद्यार्थीहरूको सक्रिय सहभागिता रहेको र सम्पूर्ण कार्यक्रम व्यवस्थित तथा मर्यादित रूपमा सम्पन्न भएको क्याम्पस प्रशासनले जनाएको छ ।

क्याम्पस प्रशासनले सरस्वती मन्दिर स्थापना कार्यमा सहयोग पु¥याउनु हुने दाताप्रति हार्दिक आभार व्यक्त गर्दै यस्ता धार्मिक तथा सांस्कृतिक कार्यक्रमहरूले शैक्षिक संस्थामा सकारात्मक वातावरण निर्माण गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेको छ ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *