चेतना अनलाइन
घोराही, ६ माघ । दीपशीखा आवासीय माध्यमिक विद्यालय घोराहीले आफ्नो ३३ औँ वार्षिक उत्सव समारोहको अवसरमा आयोजना गरेको साताव्यापी कार्यक्रम अन्तर्गत अतिरिक्त क्रियाकलापतर्फ विभिन्न विद्यार्थीहरू विजयी भएका छन् ।
जस अन्तर्गत हाजिर जवाफ प्रतियोगितामा कञ्चनजङ्गा समूहका प्रज्वल गौतम, पारस महरा, संकल्प धिताल, सनम शाही र श्रद्धा आचार्य प्रथम भएका छन् । प्रतियोगितामा सगरमाथा समूहका प्रकृति जिसी, आर्जु चौधरी, सम्भव पुलामी, राघव ओली र हरिशचन्द्र अधिकारी द्वितीय भएका छन् भने धौलागिरी समूहका शिवानी शर्मा, सुलभ दहित, सरोज बिष्ट, प्रतिक ओली र रबिन्सन अधिकारीले तृतीय स्थान हासिल गर्न सफल भएका छन् । उक्त जानकारी अतिरिक्त क्रियाकलाप संयोजक दुर्गा पुनले दिनुभयो ।
टेबुल टेनिसतर्फ सगरमाथा समूहका संजोग रोका मगर प्रथम, कञ्चनजङ्गा समूहका शुभम केसी द्वितीय र अन्नपूर्ण समूहका निराजन केसी तृतीय हुन सफल भएका छन् ।
कविता प्रतियोगितातर्फ कञ्चनजङ्गा समूहका आशिका बुढाथोकी प्रथम, धौलागिरी समूहका सुजाता गिरी द्वितीय र कञ्चनजङ्गा समूहकै बिरलुभ पोखरेल तृतीय भएका छन् । कक्षा ३ देखि ५ सम्मको कविता प्रतियोगितामा अन्नपूर्ण समूहका क्रिस्टा अधिकारी प्रथम, अन्नपूर्ण समूहकै यजस्वी अधिकारी द्वितीय र कञ्चनजङ्गा समूहका उत्सव अधिकारी तृतीय भएका छन् ।
यसैगरी कक्षा ३ देखि ५ सम्मको हाजिर जवाफ प्रतियोगितामा कञ्चनजङ्गा समूहका प्रनिशा ओली, आयुषा डिसी, उत्सव अधिकारी र रेणुका लम्साल प्रथम भएका छन् । प्रतियोगितामा धौलागिरी समूहका अनिषा थापा, अनमोल क्षेत्री, श्रद्धा घिमिरे र ग्रीष्मा डाँगी द्वितीय भएका छन् भने सगरमाथा समूहका समज्ञा घिमिरे, सम्बन्धन न्यौपाने, रिभर्सन ओली र प्रज्वल बस्नेत तृतीय भएका छन् ।
फजेल गेमतर्फ नर्सरी कक्षाका अन्जिला बुढाथोकी प्रथम, सान्भि बिष्ट द्वितीय र रियान्सी बुढाथोकी तृतीय भएका छन् । यसैगरी चकलेट रेसतर्फ युकेजीका ओलेश पुन प्रथम, प्रोभिका बुढा द्वितीय र पर्शन बोहोरा तृतीय भएका छन् ।
म्याथ रेसतर्फ युकेजीका समिरा डाँगी प्रथम, विपसना घर्ती मगर द्वितीय र शशांक घर्ती मगर तृतीय भएका छन् ।
विजयी विद्यार्थीहरूलाई यही ८ गते पुरस्कार तथा प्रमाणपत्र वितरण गरिने विद्यालय सञ्चालक समितिका अध्यक्ष माधवप्रसाद शर्माले जानकारी दिनुभयो ।
