पार्टीको पुर्नजागरणका लागि मेरो उम्मेदवारी : कांग्रेस नेता नेपाली

चेतना अनलाइन

घोराही, २० मंसिर । नेपाली कांग्रेसका नेता मानबहादुर नेपालीले पार्टीको पुर्नजागरणका लागि आगामी महाधिवेशनमा नेपाली कांग्रेसको केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने बताउनुभएको छ ।

राष्ट्रिय दलित आयोगका पूर्व अध्यक्ष समेत रहनुभएका रुकुम निवासी नेपालीले कर्णाली प्रदेशका जनताको आवाजलाई राष्ट्रिय राजनीतिमा पु¥याउन आँफूले भूमिका खेल्ने बताउनुभयो । ‘हामीले पार्टीलाई जनजनसमक्ष पु¥याउनुपर्ने छ, पछाडी पारिएका समुदायलाई पार्टीमा आर्कषित गर्नुपर्ने छ,’ नेपालीले भन्नुभयो, ‘पार्टीलाई संस्थागत ढंगले सञ्चालन गर्ने परिपाटिको विकास गर्नुपर्ने छ ।’

आफ्नो उम्मेदवारीलाई आम पार्टीका कार्यकर्ताहरुले साथ दिने उहाँले दावी गर्नुभयो । ‘मैले विगतको जटिल अवस्थामा रुकुम जिल्लामा रहेर पार्टीको रक्षाका लागि गरेको योगदानको साथिहरुले अवष्य मूल्यांकन गर्नुहुने छ,’ नेपालीले भन्नुभयो, ‘म हिजो पनि जनताको सेवक थिए, आज र भोली पनि जनताकै सेवक भएर काम गर्न चाहन्छु ।’ पार्टी भित्र दलित तथा पछाडी पारिएका जाति समुदायको उचित प्रतिनिधित्व हुनुपर्ने उहाँको भनाई छ ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *