घोराही सिमेन्टद्वारा मालपोत कार्यालयमा सरसफाइ र रङरोगन

घोराही, ६ असोज । घोराही सिमेन्ट उद्योग लिमिटेडले सामाजिक उत्तरदायित्व अन्तर्गत घोराही मालपोत कार्यालयमा सरसफाइ तथा रङरोगन कार्य सम्पन्न गरेको छ।

“हाम्रो समुदाय, हाम्रो जिम्मेवारी” भन्ने मूल भावना अघि सार्दै उद्योगले आवश्यक सामग्री र श्रमिक आफ्नै पहलमा जुटाएर कार्यालयलाई व्यवस्थित र आकर्षक स्वरूपमा पुनः प्रस्तुत गरेको हो।

हालै घोराही नगरपालिकामा भएका अशान्तिपूर्ण घटनाका कारण प्रभावित भएको सरकारी कार्यालयलाई कार्यसुगम र सेवाग्राहीमैत्री बनाउन गरिएको यस प्रयासले कार्यालयको वातावरण सुधार हुनेमा उद्योगले विश्वास व्यक्त गरेको छ।

घोराही सिमेन्टले यस गतिविधिलाई केवल सरसफाइ वा रङरोगन मात्र नभई समुदायमा आशा, आत्मबल र एकताको भावना जगाउने साझा पहलका रूपमा लिएको बताएको छ। कम्पनीले यस्ता सामाजिक उत्तरदायित्वका कार्यलाई निरन्तरता दिँदै उज्ज्वल र मजबुत भोलिको निर्माणमा योगदान गर्ने प्रतिबद्धता जनाएको छ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *