चेतना अनलाइन
अखिल नेपाल महिला सङ्घ घोराही नगर कमिटीले भोलि घोराहीमा तीज मिलन कार्यक्रम गर्ने भएको छ ।
बिहान ११ बजे नेकपा (एमाले)को पार्टी कार्यालय भरतपुरमा तीज मिलन कार्यक्रम आयोजना गरिएको अनेमसंघ घोराही नगर अध्यक्ष माया पौडेल रावतले जानकारी दिनुभयो । उहाँका अनुसार कार्यक्रम संगठनका कार्यवाहक केन्द्रीय अध्यक्ष मेनका पोखरेलको प्रमुख आतिथ्यतामा हुनेछ ।
एमाले घोराही नगर अध्यक्ष एवं अनेमसंघ घोराहीकी इन्चार्ज तारा पुरीले तीज मिलन कार्यक्रमको तयारी पुरा भएको जानकारी दिनुभयो । संगठनकी जिल्ला सह-सचिव रेखा केसीले हाम्रा ऐतिहासिक तथा सांस्कृतिक पर्वहरूको छुट्टै महत्व भएको बताउनुभयो ।
कार्यक्रमको तयारी स्वरूप आज पार्टी कार्यालयमा छलफल गरिएको थियो ।
छलफलमा एमाले दाङका अध्यक्ष शिवकुमार आचार्य, प्रेस चौतारी नेपालका पूर्व केन्द्रीय उपाध्यक्ष सविन प्रियासन, एमाले दाङका सचिवालय सदस्य एवं निर्वाचन विभाग प्रमुख विवेक श्रेष्ठ, जिल्ला सदस्य राजेश आचार्य, एमाले नेता धर्म सेजुवाल, संघकी क्षेत्री उपाध्यक्ष रेणु नेपाली, नगर सदस्य दीपा बुढा लगायतको सहभागिता रहेको थियो ।

									
									
									
									
									
									

						


										
										
										
										
										
										

