गुनासो रहित ढंगले काम गर्न नगर प्रमुखको सुझाब

चेतना अनलाइन

घोराही, २३ साउन । घोराही उपमहानगरपालिकाले व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा भत्ता व्यवस्थापन प्रणालीका बिषयमा वडा सचिब र कर्मचारीहरुलाई अभिमुखिकरण कार्यक्रम गरेको छ ।

सामाजिक सुरक्षा तथा पन्जिकरण शाखाको आयोजनामा कर्मचारीहरुको क्षमता विकासका लागि चार दिने अभिमुखिकरण कार्यक्रम गरेको छ । अभिमुखिकरण कार्यक्रमको समापन गर्दै नगर प्रमुख नरुलाल चौधरीले नागरिकहरुको सेवा प्रबाहलाई छिटोछरिता र चुस्तता प्रदान गर्नु नै नागरिकहरुको सन्तुष्टिहरु सँग जोडिने बताउनुभयो ।

कर्मचारीको व्यवहार र सेवा प्रबाहमा उत्कृष्टता नै नगरको पहिलो प्राथमिकता हुने उल्लेख गर्नुभयो । गुनासो रहित सेवा प्रबाहमा प्रतिबद्ध भएर काम गर्न सबै कर्मचारीहरुलाई नगर प्रमुख चौधरीले आग्रह गर्नुभएको छ । काममा चुस्तता र कानुन कार्यान्वयनलाई अक्षरस पालना गर्न उहाँले सुझाब पनि दिनुभयो । जनताबाट त्यस्ता गुनासो त नआएको तर सजक भएर सेवामा लाग्नु पर्ने उहाँको जोड छ । कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत ऋषिराम केसीले सेवा प्रबाहमा एकरुपता र उत्कृष्टता प्रदान गर्न आग्रह गर्नुभएको छ । कर्मचारीहरुको व्यवहार र सेवा छिटोछरितोमा नै नगरको समग्र सेवा प्रबाह देखिने उहाँको भनाई छ ।

तालिममा सहभागि वडा नम्बर १६ का सचिब तेजा गैरेले स्थानीय सरकारको आधार नै वडा कार्यालयबाट प्रबाह हुने सेवा भएकाले यस्ता तालिम र क्षमता विकासका कार्यक्रमले काममा चुस्तता ल्याउने उल्लेख गर्नुभयो । कार्यक्रमको सहजिकरण शाखा प्रमुख दिवाकर योगीले गर्नुभएको थियो ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *