आनन्द टोल विकास संस्थाको २५औं साधारण सभा तथा ७ औं अधिवेशन सम्पन्न

घोराही उपमहानगरपालिका वडा नं. १४ र १५ मा अवस्थित आनन्द टोल विकास संस्थाको २५औं वार्षिक साधारण सभा तथा सातौं अधिवेशन एक भव्य समारोहका साथ सम्पन्न भएको छ । शनिबार सम्पन्न उक्त कार्यक्रममा नयाँ कार्यसमिति गठन गर्दै संस्थाको आगामी कार्यदिशा तय गरिएको छ ।

कार्यक्रमका प्रमुख अतिथि घोराही उपमहानगरपालिका वडा नं. १४ का वडा अध्यक्ष भानसिंह बुढा रहनु भएको थियो भने विशिष्ट अतिथिका रूपमा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव तथा सोही संस्थाका पूर्व अध्यक्ष सबिन प्रियासनको उपस्थिति रहेको थियो । अतिथिहरूले संस्थाको विकास, सामाजिक योगदान, र समुदायमा संस्थाले खेलेको भूमिकाको प्रशंसा गर्दै आगामी दिनमा अझ प्रभावकारी ढंगले कार्य गर्न सुझाव दिएका थिए ।

कार्यक्रमले सर्वसम्मत रूपमा गणेश प्रताप पुनको अध्यक्षतामा नयाँ ११ सदस्यीय कार्यसमिति चयन गरेको छ। नवगठित कार्यसमितिमा उपाध्यक्ष राधादेवी बिष्ट, सचिव प्रेमबहादुर केसी, सहसचिव भूपबहादुर ओली, कोषाध्यक्ष सन्ध्या महर्जन रहेका छन्। सदस्यहरूमा किरण गिरी, इन्दु पुन, देवीराम पाण्डे, सुजाता राई, प्रकाश डाँगी र नविता सिंह चयन भएका छन्।

अधिवेशनको अवसरमा टोल विकास संस्था भित्रका ८० वर्षभन्दा माथिका जेष्ठ नागरिकहरूलाई विशेष सम्मान समेत गरिएको थियो । सम्मान कार्यक्रममा ज्येष्ठ नागरिकप्रतिको कदरभाव र सम्मानको संस्कृति प्रवर्द्धन गर्ने उद्देश्यले सम्मानपत्र र खादा अर्पण गरिएको थियो ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *