जनपक्षीय ढंगले सेवा प्रवाह गर्नुपर्नेमा जाेड

चेतना अनलाइन

घाेराही, ९ साउन । नेपाल निजामती कर्मचारी संगठन घोराही नगर कार्यसमितिको आयोजनामा घोराही उपमहानगरपालिकामा विभिन्न पालिकाबाट सरुवा भई आउनुभएका कर्मचारीहरुलाई स्वागत तथा परिचयात्मक कार्यक्रम सम्पन्न गरिएको छ ।

संगठन घोराहीका अध्यक्ष प्रेम बहादुर ओलीको अध्यक्षता, घोराही उपमहानगरपालिकाका नगरप्रमुख नरुलाल चौधरीज्यूको प्रमुख आतिथ्यता एवं घोराही उपमहानगरपालिकाकी नगर उपप्रमुख हुमा कुमारी डिसी र नेकपा (एमाले)दाङका उपाध्यक्ष एवं पार्टी दाङका जनवर्गीय संगठन समन्वय समितिका संयोजक मनोहर बुढाथोकी को विशिष्ट अतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

सो अवसरमा नगर प्रमुख चौधरीले नयाँ सरुवा भई आउनुभएका कर्मचारीहरूलाई स्वागत गर्दै नीति नियम र मौजुदा कानुनको अधीनमा रहेर घोराही नगरवासीका पक्षमा प्रशासनिक सेवा गर्न कर्मचारीहरूलाई अनुरोध गर्नुभयाे । उहाँले जनसेवा गर्दा कुनै पनि खालका नीतिगत समस्या भएमा कर्मचारीहरुलाई सहजीकरण हुने गरी नगरले नीतिगत निर्णय गरेर अगाडि बढ्ने कुरा बताउनुभयाे ।
सो अवसरमा घोराही उपमहानगरपालिकामा सरुवा भै आउनुभएका ७ जना कर्मचारीहरूलाई एकमुष्ट स्वागत गरिएको हो ।
त्यसैगरी नगर उपप्रमुख हुमाकुमारी डिसीले ढुक्क भएर कर्मचारीहरु लाई जनसेवामा लाग्न प्रेरित गर्नुभयो । साे अवसरमा दङ्गी शरण गाउँपालिका, दाङबाट सरुवा भई आउनुभएका प्रमोद गौतम, मधुबन नगरपालिका, बर्दियाबाट सरुवा भई आउनुभएकी अन्जु पौडेल, माण्डवी गाउँपालिका प्युठानबाट सरुवा भई आउनुभएकी माधवा घिमिरे, तुलसीपुर उपमहानगरपालिका , दाङबाट सरुवा भई आउनुभएका सागर सुवेदी, यशोधरा गाउँपालिका कपिलवस्तुबाट सरुवा भई आउनुभएका गोविन्द सुवेदी , महाराजगञ्ज नगरपालिका, कपिलवस्तुबाट सरुवा भई आउनुभएको कृष्णबहादुर भण्डारी, प्युठान नगरपालिका , प्युठानबाट सरुवा भई आउनुभएका गुञ्जन रिजाल लगायतलाई संगठन घोराही नगर कार्यसमितिले नगर प्रमुख र उप प्रमुखको उपस्थितिमा स्वागत गरिएको हो।
साे अवसरमा नेकपा एमाले दाङका उपाध्यक्ष मनोहर बुढाथोकी ,नेपाल निजामती कर्मचारी संगठन लुम्बिनी प्रदेशका सचिव मोहन सिंह सुनार ,पेशागत महासंघ दाङका अध्यक्ष खिमबहादुर डाँगी, नेपाल निजामती कर्मचारी संगठन दाङका अध्यक्ष गोकर्ण ओली, संगठन दाङका निवर्तमान अध्यक्ष शेरबहादुर शेरबहादुर केसी , नेकपा एमाले नेकपा एमाले लुम्बिनी प्रदेश कार्यसमितिकी सदस्य निर्मला बिक, ने क पा एमाले लुम्बिनी प्रदेश सल्लाहकार परिसदका सदस्य अरुण कुमार शर्मा, प्रेस चौतारी दाङका सचिव निमु सङ्गम घर्ती लगायतका व्यक्तित्वहरूले नवआन्तुक कर्मचारीहरूलाई स्वागत तथा शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

संगठन घोराहीका सल्लाहकार खिमबहादुर बस्नेतको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण नेपाल निजामती कर्मचारी संगठन घोराही नगर कार्यसमितिका उपाध्यक्ष भीमबहादुर केसी ले गर्नुभएको थियो ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *