नेपाल राष्ट्रिय शिक्षक संगठन घोराहीद्वारा वृक्षारोपण

घाेराही, २८ असार । नेपाल राष्ट्रिय शिक्षक संगठन घोराही नगरसमितिले घोराही उपमहानगरपालिका वडा नं. ८ मा अवस्थित माध्यमिक विद्यालय ढिकपुरामा वृक्षारोण गरेको छ ।

संगठनले संचालन गरेको हरित विद्यालय अभियान अन्र्तगत प्रत्येक वर्ष वृक्षारोपण कार्यक्रम संचालन गर्दै आएकोमा उक्त कार्यक्रमलाई यस वर्ष पनि निरन्तरता दिइएको संगठनको घोराही नगर अध्यक्ष पोषणराज विष्टले जानकारी बताउनु भयो ।
वृक्षारोपण कार्यक्रममा प्रमुख अतिथिको रुपमा उपस्थित नेपाल राष्ट्रिय शिक्षक संगठन लुम्बिनि प्रदेशका अध्यक्ष भागवत पौडेलले संगठनको घोराही नगरसमितिले विभिन्न रचनात्मक कार्यक्रमहरुको संचालन गरी आफूलाई चलायमान गराईरहेको भन्दै प्रशंसा गर्नुभएको थियो । सन्तुलित पर्यावरण विना जीवनको कल्पना पनि गर्न नसकिने भएकाले हाम्रो हरेक गतिविधि पर्यावरण बचाउने गरी हुनुपर्ने भन्दै प्रमुख अतिथि पौडेलले वृक्षारोपण कार्यक्रमलाई निरन्तरता दिंदै अझ सघन रुपमा संचालन गर्न पर्ने बताउनु भयो ।
कार्यक्रममा विशिष्ट अतिथिको रुपमा उपस्थित नेपाल शिक्षक महासंघकी केन्द्रीय सदस्य श्यामा रावतले स्वच्छ वातावरणले नै स्वस्थ्य मस्तिष्कको जन्म दिने भएकाले विद्यालय परिसर हरित हुनुपर्ने हुन्छ, त्यसैलाई मध्यनजर गर्दै नेपाल राष्ट्रिय शिक्षक संगठन घोराहीले विद्यालय लक्षित गरेर गरेको यस्तो कार्य सह्रानिय रहेको बताउनु भयो ।
कार्यक्रमका अतिथि नेपाल राष्ट्रिय शिक्षक संगठन दाङका अध्यक्ष मिनराज शर्माले तीन वर्ष पहिले संगठनले आफू कार्यरत विद्यालयमा पनि वक्षारोपण गरेको र त्यसको हेरचाहमा शिक्षक,कर्मचारी, विद्यार्थी, स्थानीय अभिभावक र स्वयं आफै पनि लगेकाले अहिले हुर्किएको बताउदै यहा“ रोपिएका विरुवाहरुको रेखदेखको लािग उपस्थित विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लगायत सदस्यहरु, शिक्षक तथा विद्यार्थीहरुलाई अनुरोध गर्नुभएको थियो ।

कार्यक्रममा संगठनका जिल्ला सचीव धनिराम के.सी, नेकपा एमाले घोराही नगरकमिटि वडा नं ८का इन्र्चाज एवं जिल्ला सदस्य बसन्त बस्नेत, निवर्तमान जिल्ला कोषाध्यक्ष एवं जिल्ला समिति सल्लाहकार विजय अधिकारी, संगठनका संघीय निर्वाचन क्षेत्र नं. २का अध्यक्ष लालमणि खडका, संगठनका जिल्ला कोषाध्यक्ष चुनप्रसाद खत्री, पेशागत महासंघ तुलसीपुरका अध्यक्ष भोला प्रसाद पौडेल, मा.वि. ढिकपुरका विव्यस अध्यक्ष पदम प्रसाद अधिकारी, बालक्लवका अध्यक्ष एलिशा चौधरी, विभिन्न विद्यालयका प्रधानाध्यापक, उप प्रधानाध्यापक, शिक्षक, अभिभावक, विद्यार्थीहरु गरी करिव ७० जनाको उपस्थिति रहेको थियो भने विभिन्न प्रजातीका गरी करिव १५० भन्दा बढी विरुवाहरु विद्यालय परिसरमा रोपिएको थियो ।

घोराही नगरसमितिका अध्यक्ष पोषणराज विष्टको अध्यक्षतामा संचालन भएको औपचारिक कार्यक्रममा उपस्थित हुनभएका व्यक्तित्वहरुलाई संगठन घोराहीकी उपाध्यक्ष विमला पौडेलले स्वागत गर्नु भएको थियो भने कार्यक्रमको सहजीकरण संगठन घोराही नगरसमितिका सचिवालय सदस्य असोक वलीले गर्नुभएको थियो ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *