घोराहीमा महिलालाई वित्तीय साक्षरता र मनोसामाजिक परामर्श कक्षा सम्पन्न

घाेराही, असार २२ । घोराही उपमहानगरपालिकाको ‘सुरक्षित आप्रवासन (सामी)’ कार्यक्रमअन्तर्गत वडा नम्बर १८, नयाँ बस्ती टोल विकास संस्थाका महिलाहरूलाई लक्षित गर्दै वित्तीय साक्षरता तथा मनोसामाजिक परामर्श कक्षा सञ्चालन गरिएको छ। विदेशमा रोजगारीमा रहेका परिवारका सदस्यलाई कमाइ सुरक्षित गर्ने, उत्पादनमुखी क्षेत्रमा लगानी गर्ने तथा मानसिक रूपमा सबल बन्ने विषयमा केन्द्रित उक्त तालिम २१ हप्तासम्म सञ्चालन गरिएको थियो। तालिम पश्चात सहभागी महिलाहरूलाई प्रमाणपत्र प्रदान गरिएको छ।

वडा नम्बर १८ का अध्यक्ष भरतमणि अर्यालको अध्यक्षतामा आयोजित प्रमाणपत्र वितरण कार्यक्रममा नगर प्रमुख नरुलाल चौधरी, उपप्रमुख हुमाकुमारी डिसी, प्रशासन महाशाखा प्रमुख तथा सामी कार्यक्रमका स्रोत व्यक्ति वासुदेव आचार्य, कार्यक्रम संयोजक बसन्ता पुन, मनोसामाजिक परामर्शकर्ता शुशिला आचार्य र वित्तीय साक्षरता सहजकर्ता रमा शर्माले तालिममा सहभागी २५ जनालाई प्रमाणपत्र प्रदान गर्नुभयो।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *