घोराही असार १३ । पवित्र उद्देश्यले कुनै पनि काम सुरु गर्दा सबैको साथ समर्थन जुट्छ भन्ने उदाहरण घोराहीको शहिद गुम्राह चोकमा जय महकाल युवा समूह घोराहीले साँझ–विहान आयोजना गरेको निशुःल्क खाना खुवाउने कार्यक्रममा बढि रहेको समर्थनले देखाएको छ ।
महाकाल समूहको कामबाट प्रभावित भएर घोराही–१७ गुलरियास्थित मदन भण्डारी मेमोरियल स्कूलले ठूलो परिमाणको खाद्यान्न सहयोग गरेको छ । महाकाल युवा समूले खाना खुवाउन सुरु गरेको १२ दिन मात्र भएको छ । अहिलेसम्मकै ठूलो परिमाणमा मदन भण्डारीले खाद्यान्न सहयोग गरेपछि महाकाल समूह पनि खुसी भएको छ । घोराही–१४ मिलनचोकस्थित महाकाल युवा समूहको कार्यालयमै पुगेर मदन भण्डारी मेमोरियल स्कुलका शिक्षक एवं विद्यार्थीले खाद्यान्न सहयोग गरेका हुन् ।
विद्यालयका प्रिन्सीपल विमल भण्डारीको नेतृत्वमा गएको शिक्षक विद्यार्थीको टोलीले नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासनको रोहबरमा महाकाल युवा समूह घोराहीका अध्यक्ष श्रीधर गिरीलगायतलाई सहयोग सामग्री हस्तान्तरण गर्नुभएको हो ।
मदन भण्डारी मेमोरियल स्कूलका विद्यार्थीहरुले खाजा खर्च कटाएर साथै शिक्षक एउवं स्कूलले समेत खाद्यान्न संकलन गरी महाकाल युवा समूले आयोजना गरिरहेको निशुल्करुपमा खाना खुवाउने कार्यमा हातेमालो गर्नका लागि दुई क्वीन्टल चामल, दुई बोरा आलु, एक बोरा दाल, एक कार्टुन तेललगायतका सामग्री सहयोग गरिएको विद्यालयले जनाएको छ । सहयोग हस्तान्तरण कार्यक्रममा विद्यालयको तर्फबाट बोल्दै प्रिन्सीपल भण्डारीले महाकाल युवा समूहले अतिनै प्रसंशनीय कार्य गरेकाले विद्यार्थी, शिक्षक एवं विद्यालयको तर्फबाट खाद्यान्न सहयोग गरेको जानकारी दिनुभयो ।
महाकाल युवा समूहलाई प्रोत्साहन गर्ने गरी खाद्यान्न सहयोग गर्ने मदन भण्डारी मेमोरियल स्कुलाई महाकाल युवा समूह घोराहीका अध्यक्ष श्रीधर अधिकारीले धन्यवाद ज्ञापन गर्नु भएको छ । पत्रकार सविन प्रियासनको संयोजनमा विद्यालयले महाकाललाई खाद्यान्न सहयोग गरेको हो । सो अबसरमा पत्रकार प्रियासनले सहयोग गर्ने मदन भण्डारी मेमोरियल स्कूल र सामाजिक कार्य गरिरहेको महाकाल युवा समूहलाई धन्यवाद दिँदै यस्ता कार्यहरु निरन्तर अगाडी बढाउन अनुरोध गर्नभएको छ ।
मदन भण्डारीले गुम्राह चोकमा सरसफाई गर्ने
यसैबीच घोराही–१७ गुलरिया स्थित मनद भण्डारी मेमोरियल स्कूलले आज घोराहीको गुम्राहचोकमा सरसफाई गर्ने भएको छ ।
जननेता मदन भण्डारीको जन्मोत्सबका अबसरमा विहान ९ बजे शिक्षक, विद्यार्थी एवं विद्यालयको सहभागितामा गुम्राहको शालिक भएको स्थान, पिपलबोट चौतारा, ट्राफिकमा घोडाको स्ट्याचु भएको स्थानमा सरससफाई गरिने विद्यालयका प्रिन्सीपल विमल भण्डारीले जानकारी दिनुभयो । त्यसपछि जय महाकाल युवा समूहले आयोजना गरिरहेको बटुवालाई खाना खुवाउने कार्यक्रममा पनि भोलियन्टररुपमा विद्यालयले काम गर्ने तयारी गरिएको पिन्सीपल भण्डारीले जानकारी दिनुभयो ।