घोराही, ३० जेठ। महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको १३औँ वार्षिक उत्सवको अवसरमा शाखा कार्यालय घोराहीले वृक्षरोपण कार्यक्रम सम्पन्न गरेको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङसँगको सहकार्यमा शाखाले विभिन्न प्रजातिका ३० वटा बिरुवा रोपेको हो।
जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका कार्यवाहक प्रमुख माधव राउत, शाखा प्रमुख प्रकाशकुमार अर्याल लगायत संस्थाका सदस्यहरूको सहभागितामा वृक्षरोपण गरिएको हो। ट्राफिक प्रहरी कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा वृक्षरोपण पश्चात सहभागीहरूलाई ट्राफिक नियमसम्बन्धी जानकारी प्रदान गरिएको थियो।
वार्षिक उत्सवको अवसरमा शुभकामना व्यक्त गर्दै कार्यवाहक प्रमुख राउतले ट्राफिक नियमप्रति जनचेतना फैलाउन यस्ता कार्यक्रम प्रभावकारी हुने धारणा व्यक्त गर्नुभयो।