राजनीतिमा सम्भावना देखेर अघि बढेका पत्रकार कुसारी

दाङ । कुसारी । एक लोकप्रिय नाम । तुलसीपुर सरेफेरोमा उनलाई नचिन्ने सायदै होलान । कुनैदिन पत्रकारिताबाट उनी चिनिएका हुन । पछिल्लो समयमा उनी होटल ब्यबसायी हुन । तुलसीपुर उपमहानगरपालिका १३ बखरियामा उनको आफ्नै ‘द रिभर फिस’ नामक होटेल छ । पत्रकारिता छोडेर होटेल सञ्चालन गरेपछि उनले आफ्नो आर्थिक अवस्थापनि यो बीचमा मजबुत बनाइ सकेका छन् ।
उनी समाज सेवामा पनि उत्तिकै सक्रिय भएर लाग्छन् । तर पछिल्लो समय कुसारीको परिचय थपिदै जान थालेको छ । नेपाली काँग्रेसका वडा क्षेत्रीय प्रतिनिधि उनी यसै पटक मनोनित भएका हुन ।

त्यसले हौसिएका कुसारी १४औं महाधिबेशन अन्तरगत मंसिर ३ गते हुने प्रदेश अधिबेशनका लागि दाङको निर्वाचन क्षेत्र नं. ३ (ख) बाट प्रदेश सचिवमा भिड्न थालेका छन् । यो पदमा दुई ग्रुपबाट चार जना भिड्दै छन् । कुसारी नेता गेहेन्द्र गिरीको प्यानलबाट उम्मेदवारी दिएर मैदानमा उत्रिएका छन् ।

कुसारी आँफु नेपाली कांग्रेसको राजनीतिमा २ दशक अघिदेखि क्रियाशिल रहेको दाबी गर्छन । समाजमा पत्रकार र सामाजिक अभियान्ताका रुपमा चिनिन्छन उनी । जो नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तरर्गत दंगीशरण २ बाट वडा क्षेत्रिय प्रतिनिधिमा निर्वाचित भएका थिए ।

उनै देविराम कुसारीले यसपटक फेरी दाङको निर्वाचन क्षेत्र नं ३ (ख) को सचिव पदमा उम्मेदवारी घोषणा गरेका छन । सचिव पदमै तपाईको उम्मेदवारी किन भन्ने पश्रमा कुसारीले भने,–‘जसरी मान्छेको शरिरका लागि मुटु जति आवश्यक छ,कुनै संस्था,संगठनमा सचिवको उत्तीकै आवश्यक हुन्छ । सचिव भनेकै मुटु जत्तिकै महत्व भएकोले सगंठनलाई चुस्तदुरुस्त राख्नका लागि सचिवको अहम भुमिका हुन्छ । त्यो भुमिका निर्वाह गर्ने म सगं क्षमता छ भन्ने आधारमा मैले सचिव पदमा उम्मेदवारी दिएको हुँ ।’

समाजका व्यक्तीहरुले फोहोरी राजनीतिमा किन प्रवेश गरेको भन्ने प्रश्रमा उनले आफुलाई राजनीतिमा होमिन बाध्य बनाइएको बताए । उनले भने,–कतिपयले भन्ने गर्छन पत्रकारिता क्षेत्र छोडेर राजनीतिमा किन प्रवेश गरेको? र कतिपयले फेरि प्रश्र गर्छन,राजनीति फोहोरी भैसक्यो,यस्तो राजनितिमा किन जादैछस? यही प्रश्रले नै मलाई राजनीतिमा होमिन बाध्य बनायो ।

राजनीतिलाई सफा नगरेमा समाजको विकाससंगै राष्ट्र र राष्ट्रियताको विकास हुन नसक्ने उनले बताए । राजनीति फोहोर भैराख्ने हो भने कुनै न कुनै दिन त फोहोरलाई सफा गर्ने पर्ला ? मैले नगरुला तर मेरा छोरा नातिले त सफा गर्ने पर्ला होइन र ? कुसारीले प्रश्र गरे ।

राजनीतिलाई सफा नगरेमा समाजको विकाससंगै राष्ट्र र राष्ट्रियताको विकास हुन सक्दैन । त्यसकारण बुझेका मान्छेले भोलि गएर राजनीति सफा गर्ने पर्ने हो भने आज किन सफा नग र्ने ? किन त डंगुरमा बस्छौं, भनेर भन्न सक्नुप¥यो ? होइन भने अर्काले आएर सफा गर्दिने त होइन ।

फोहोरी राजनीतिलाई सफा गर्न युवा पिढी राजनीतिमा आउन जरुरी रहेको कुसारीले बताए । राजनीति विना देशको अस्तित्व रहन नसक्ने भन्दै कुसारीले राजनीतिलाई सुन्दर बनाउन आवश्यक रहेको बताए ।

अहिले पनि नयाँ पिढीका बच्चालाई सोध्ने हो भने ठुलो भएर के बन्छौँ भन्दा वकिल, इन्जिनियर, डाक्टर, मास्टर पाइलट बन्छु भन्लान, तर म नेता बन्छु भनेर भन्ने बच्चा बिरलै भेटिन्छन,’ उनले भने,– ‘यो किन हो भने राजनीतिमा सुन्दरता छैन । त्यसकारण हाम्रो दायित्व हो कि राजनीतिमा सुन्दरता ल्याउने ।’

दंगीशरण २ बंगलापुर निवासी कुसारीले २२ वर्ष पत्रकारिता, २१ वर्ष सामाजिक संघ संस्थामा जागिर र १८ वर्ष व्यवसायको अनुभव रहेको सुनाए । कुसारी नेपाली कांग्रेसको शुच्छुक संस्था प्रेस युनियनको केन्द्रीय पार्षद,नेपाली कांग्रेसको भातृ सगंठन तरुण दलको साविक गोल्टाकुरीको सदस्य समेत हुन ।

उनले प्रजातन्त्र ल्याउन र पञ्चायती व्यवस्थालाई फाल्नका लागि दाङका गेहन्द्र गिरी,दिपक गिरी,डिल्ली चौधरी लगाएतका नेताहरुले गरेको योगदान अतुलनीय रहेको बताए । पार्टीलाई मजबुध र रचनात्मक बनाउन आफु प्रतिबद्ध रहने धारणा राखे ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *