नेपालकै पहिलो बालमैत्री घोराही उपमहानगरपालिकाले बालमैत्री नगर घोषणा गर्दा अपनाएका प्रकृयाका बारेमा अध्ययन गर्न गोर्खा जिल्लाको पालुङटार नगरपालिकाबाट आउनुभएका जनप्रतिनिधी र कर्मचारीहरुलाई घोराही उपमहानगरपालिकाले स्वागत गरेको छ ।
घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरी, उपप्रमुख हुमाकुमारी डिसी, प्रमुख प्रशासकिय अधिकृत ऋषिराम केसी, महिला बालबालिका तथा सामाजिक विकास शाखा प्रमुख मोतिकुमारी विश्वकर्मा, बाल अधिकारकर्मी एवं बिज्ञ बिकिरण गौतमले पालुङटार नगरपालिकाका प्रमुख विवस चिन्तन, उपप्रमुख बन्दना पाण्डे, प्रमुख प्रशासकिय अधिकृत कमानसिं थापा सहित जनप्रतिनिधी र कर्मचारीहरुलाई स्वागत गर्नुभएको हो । दुई नगरविच कार्य अनुभव आदानप्रदान गरिएको छ ।
अध्ययन भ्रमणमा आएको टोलीलाई घोराही उपमहानगरपालिकाले बालमैत्री घोषणा गर्दा अपनाईएका सूचक, कानुन तथा प्रकृया र विधीका बारेमा जानकारी गराएको छ । नगर प्रमुख नरुलाल चौधरीले बालबालिकाको क्षेत्रमा गरेका कामका बारेमा जानकारी दिनुभयो ।
कुनै पनि बालबालिका पढ्न, बस्न, खानबाट बन्चित हुन नदिने गरी काम गरिएको बताउनुभयो । साथै बालविबाह, बालश्रमको अन्त्य गर्ने अभियान चलेको उल्लेख गर्नुभयो । टोलीलाई नगरले बर्षेनी प्रकाशित गर्दै आएको हाम्रो घोराही म्यागेजिन पत्रिका हस्तान्तरण समेत गरेको छ ।