सबिन प्रियासन
घोराही । दाङ घोराही वडा नम्बर १८ मसिनास्थित नागेश्वर महादेव पार्वती मन्दिरमा मन्दिर क्षेत्रको चौतर्फी विकासको लागि ज्ञान महायज्ञ सुरु भएको छ।
नेपालमै एकमात्र दलित महिला पुजारी भएको उक्त मन्दिरको विकासको लागि स्थानीयवासीहरूले सञ्चालन गरेको महायज्ञमा दान दक्षिणा उठ्ने क्रम सुरु भएको छ। माता पार्वती बिकको अगुवाइमा २०७२ सालमा निर्माण भएको उक्त मन्दिर यतिबेला धार्मिक पर्यटकीय गन्तव्यका रुपमा पनि विकास हुँदैछ। यही क्रममा महायज्ञ को दोस्रो दिन घोराहि १८ मसिना ६० वर्षीय टिकाराम कुँवरले महायज्ञमा १०२००० नगद सहयोग गर्नुभएको छ सिमले घाउरा कुवर घरपरिवारको नामले चिनिएको कुँवर परिवार खेती किसानीमा लिप्त छ ।
लीलाधर कुँवर र हिमाकुवरका छोरा टिकारामको दुई छोरा र एक छोरी हुनुहुन्छ। छोरा हिराबहादुर कुँवर, बुहारी प्रतिभा शर्मा कुँवर, छोरा तारा कुँवर, छोरी तिर्सना कुँवर पाण्डे, जुवाई जीवन पाण्डेलगायत नातिनातिना अनि जीवन संगिनी शिवाको बलियो साथ पाउनुभएका टिकारामले अहिले पनि खेती किसानीमै आफ्नो जीवन बिताइरहनु भएको छ। खेती किसानीबाट संकलन भएको रकमले मन्दिरको विकासका लागि मन फुकाउँदै सहयोग गर्नुभएका टिकाराम नागेश्वर मन्दिर घोराहिकै धार्मिक पर्यटकीय स्थल बन्नेछ भन्नेमा विश्वस्त हुनुहुन्छ ।
मसिना क्षेत्र बसोबास, तरकारी खेती, पशुपालनका दृष्टिकोणले पनि उत्तम छ। घोराहि बजारमा पिउने पानीको स्रोत मुहानका रुपमा समेत रहेको मसिनालाई धार्मिक एवं पर्यटनका हिसाबले पनि गन्तव्य थलोका रुपमा विकास गर्न सकिन्छ यही मान्यतालाई अंगीकार गर्दै मन्दिर व्यवस्थापन समिति, यस क्षेत्रमा रहेका टोल विकास समितिहरु, स्थानीय वडा सरकार, बुद्धिजीवीहरू यतिबेला नागेश्वर मन्दिरको चौतर्फी विकासका लागि महायज्ञ मार्फत रकम संकलन गर्ने अभियानमा छन् ।
मन्दिरका लागि मन फुकाएर रकम सहयोग गर्ने सिमली घाउरा कुँवर परिवारलाई मन्दिर व्यवस्थापन समिति एवं महायज्ञ आयोजक समितिले धन्यवाद ज्ञापन गरेको छ। उहाँलाई कार्यक्रम स्थलमै प्रमाणपत्र खादा लगायत का सामग्रीले अभिनन्दन समेत गरिएको छ।