किसान महासंघ दाङकाे अधिवेशन जेठ ७ गते

घाेराही, ५ जेठ । नेकपा (एमाले) सम्बद्ध अखिल नेपाल किसान महासंघ दाङ जिल्लाकाे चौंथो अधिवेशन जेठ ७ गते घोराहीमा हुने भएको छ ।

महासङ्घका केन्द्रीय अध्यक्ष डा. प्रेम दङ्गालको प्रमुख अतिथ्यतामा हुने कार्यक्रममा प्रमुख वक्ताको रुपमा नेकपा (एमाले)का महासचिव शंकर पोखरेल रहनुभएको छ ।
महासङ्घले साेमबार पत्रकार सम्मेलन गरेर अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । दाङ जिल्ला अध्यक्ष केशव गिरीका अनुसार अधिवेशनले ३५ सदस्यीय नयाँ कार्यसमिति चयन गर्नेछ ।

अधिवेशनमा जिल्लाका एक सय वटै वडाबाट करिब ५ सय भन्दाबढी प्रतिनिधिहरू सहभागी हुने केन्द्रीय सदस्य एवं दाङ जिल्ला इन्चार्ज कृष्ण बैरागीले जानकारी दिनुभयो ।
अधिवेशन तयारीका लागि जिल्लाका सबै वडाहरूमा गएर प्रतिनिधि छनोट लगायतका सबै काम गरिएको केन्द्रीय सदस्य कृष्ण चौधरीले जानकारी दिनुभयो ।

अधिवेशनले नयाँ नेतृत्व चयन गर्नुका साथै जिल्लाका किसानहरूको समस्या र एजेन्डाका विषयमा बृहत छलफल हुनेछ ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *