घाेराहीमा ६ महिना देखि ५ बर्ष सम्मका बालबालिकाको पोषण जाँच

चेतना अनलाइन

घाेराही, ३१ वैशाख । घोराही उपमहानगरपालिका भित्र रहेका ६ महिना देखि ५ बर्ष सम्मका बालबालिकाको पोषण जाँच गरिएको छ ।

घोराही उपमहानगरपालिकाको समन्वयमा वेस संस्था (व्याकवार्ड सोसाईटी एजुकेशन) र हेलन केलर इन्टरनेशनलको साझेदारीमा नगर भित्रका ६ महिना देखि ५ बर्ष सम्मका बालबालिकाको पोषणको अबस्था के कस्तो रहेको छ भन्ने जाँच गरिएको हो । प्रत्येक वडाका महिला स्वास्थ्य स्वयसेविकाहरुको क्षेत्रहरुमा उहाँहरुको सहयोगमा बालबालिकाको स्वास्थ्य जाँच गरिएको हो । ११ हजार १ सय ५९ जना बालबालिकाको पोषण जाँच गरिएको छ ।
ति मध्य २६२ जना मध्यम शिघ्र कुपोषणमा परेका र ५ जना कडा शिघ्र कुपोाषणमा परेको भेटिएको पोषण मार्फत जीवन रुपान्तरण परियोजनाका संयोजक सुरेश चौधरीले जानकारी दिनुभयो । परियोजनाले आज उपमहानगरपालिकाका जनप्रतिनिधी, स्वास्थ्यकर्मीहरु अन्तरक्रिया कार्यक्रम गर्दै बालबालिकाको स्वास्थ्य अबस्थाका बारेमा जानकारी दिएको हो ।

नगर प्रमुख नरुलाल चौधरी, उपप्रमुख हुमाकुमारी डिसी, सामाजिक विकास समितिका संयोजक राममणि पाण्डेले संबृद्धीको आधार नै स्वास्थ्य भएको बताउनुभयो । आगामी आर्थिक बर्षका लागि नीति कार्यक्रम र बजेट मार्फत पोषण कार्यक्रमलाई थप व्यवस्थित र सुधार गर्न यो स्वास्थ्य जाँचले सहयोग पुग्ने बताउनुभयो ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *