घोराही, दाङ । नेकपा एमाले घोराही नगर अध्यक्ष तारा पुरीले आफ्नो जन्मदिनको अवसरलाई सामाजिक उत्तरदायित्वसँग जोड्दै विपन्न परिवारलाई सहयोग गर्नु भएको छ ।
घोराही उपमहानगरपालिका–१३ हेल्लो टावर नजिकै बसोबास गर्दै आएकी ५७ वर्षीय खिन्ता घर्ती मगरलाई अध्यक्ष पुरिले करिब पाँच हजार रुपैयाँ बराबरको राहत सामग्री प्रदान गर्नुभयो । रोल्पा टेलखोलाबाट बसाइँसराइ गरी हाल अस्थायी रूपमा दाङमा बस्दै आएकी घर्तीको दयनीय अवस्थालाई मध्यनजर गर्दै उहाँले ग्यास सिलिन्डर, चामल, नुन, तेल र तरकारी वितरण गर्नुभएको हो ।
जनतासँग आत्मीयता राख्ने, दुःख–सुखमा साथ दिने नेता आवश्यक रहेको सन्दर्भमा उहाँको सामाजिक भावनाले सकारात्मक सन्देश दिएको स्थानीयवासीहरूको प्रतिक्रिया छ ।