नेवार सेवा समिति घोराहीमा बुद्धको प्रतिमा स्थापना

घोराही असोस २३ । नेवार सेवा समिति घोराहीको सभाहलमा शाक्यमुनी गौतम बुद्धको प्रतिमा स्थापना गरिएको छ । प्रतिमा स्थापना गर्नु अगाडी घोराही बजारमा बाजागाजासहित परिक्रमा गरिएको थियो ।

नेवार सेवा समितिबाट सुरु भएको परिक्रमा ¥याली स्वर्गद्धारी एफएम रेडियो सडक हुँदै गणेश मन्दिर परिक्रमा गरी समितिको हातामा फर्किएको थियो । बजार परिक्रमा पछि प्रतिमाको औपचारिकरुपमा पुजाआजा गरेर उद्घाटन गरिएको थियो ।

नेवार देबदबु दाङका अध्यक्ष परशुराम श्रेष्ठ दिनेशको अध्यक्षत्ता, भिक्षु सिरि वजिरको प्रमुख आतिथ्यता एवं पूर्व सांसद सुजीता शाक्य, प्रमुख जिल्ला अधिकारी कृष्ण लम्सालको विशिष्ठ आतिथ्यतामा सम्पन्न कार्यक्रममा नेवार सेवा समिति घोराहीका उपाध्यक्ष मंगला श्रेष्ठले स्वागतमन्तव्य व्यक्त गर्नु भएको थियो भने सचिव विवेक श्रेष्ठले कार्यक्रमको सहजीकरण गर्नु भएको थियो ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *