युवालाई स्वरोजगार बनाउन घोराहीमा सीपमूलक तालिम

चेतना अनलाइन

घाेराही, १४ वैशाख । घोराही उपमहानगरपालिकाले युवाहरूलाई स्वरोजगार बनाउन सिपमूलक तालिम प्रदान गरिरहेको छ ।

इन्स्योर परियोजना अन्तर्गत विभिन्न सिपमूलक तालिमहरू प्रदान गरिएको उपमहानगरपालिकाले जनाएको छ । हालसम्म ६० जना युवाहरूलाई सीपमूलक तालिम प्रदान गरिएको छ । हल्का सवारी मेकानिकल पलम्बर र हाउस इलेक्ट्रिसियन गरी ६० जना युवाहरूलाई सीपमूलक तालिम प्रदान गरिएको छ ।
ती सबै युवाहरू रोजगारीमा जोडिएको उपमहानगरपालिकाका मेयर नरूलाल चौधरीले जानकारी दिनुभयो । हाल कुकमा १९ जना र कम्प्युटर हार्डवेयर एण्ड नेटवर्कमा १९ जना गरी ३८ जना युवाहरूले तालिम लिइरहेका छन् ।

चालु आर्थिक वर्षमा थप २० जनालाई कुक तालिम र २० जनालाई टेक्निसियन तालिम गरी ४० जना युवाहरूलाई सीपमूलक तालिम प्रदान गर्न थालिएको छ ।
यसै बीचघोराही उपमहानगरपालिकाले आगामी आर्थिक बर्षमा कुक र टेलिकम टेक्निसियन सम्बन्धी निशुल्क तालिम सञ्चालन गर्ने भएको छ । उपमहानगरपालिकाको सामाजिक विकास महाशाखाले इन्स्योर परियोजना मार्फत १० महिनो निशुल्क कुक र टेलिकम टेक्निसियन तालिम सञ्चालन गर्ने भएको हो । सामाजिक विकास महाशाखाले आज जनप्रतिनिधी तथा सरोकारवालाहरु सँग अन्तरक्रिया कार्यक्रम गर्दै कार्यक्रमका बारेमा जानकारी दिएको हो । नगर प्रमुख नरुलाल चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा इन्स्योर परियोजनाका फोकल पर्सन मोतीराम न्यौपानेले कुक तालिमका लागि कक्षा ८ पास र टेलिकम टेक्निसियनका लागि एसईई उत्तिर्ण भएको हुनुपर्ने बताउनुभयो । तालिम निशुल्क हुने र दैनिक १०० रुपैयाँ खाजा खर्चको व्यवस्था गरिने जानकारी दिनुभयो ।

कार्यक्रममा नगर प्रमुख नरुलाल चौधरीले सिप सिकेर स्वरोजगार बन्न इच्छुक युवाहरुलाई यो कार्यक्रम उत्कृष्ठ अबसर भएको बताउनुभयो । यस अघि पनि विभिन्न तालिम सञ्चालन गरेर युवाहरु स्वरोजगार भैसकेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा नगर उपप्रमुख हुमाकुमारी डिसीले स्थानिय सरकारले अबसर सृजना गरेको र यसलाई जीवन परिवर्तन गर्ने आधारकारुपमा लिएर तालिम लिनुपर्नेमा जोड दिनुभयो । महाशाखाका अधिकृत घनस्याम वलीले नगरमा बेरोजगार युवाहरुलाई सिप प्रदान गर्ने र पढ्दै गरेका व्यक्तिहरुलाई भोलीको गन्तव्य के हुने भन्ने विषयमा बृत्तीमार्ग निर्देशनका कक्षा चलाएको बताउनुभयो । कार्यक्रमको सहजिकरण महाशाखाका विपना बर्तौलाले गर्नुभएको थियो ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *