शरद रेग्मी
तुलसीपुर, चैत ७ । सडक दुर्घटनामा परी निधन भएका व्यवसायी दिलीप केसीको परिवारलाई राहतस्वरूप दश लाख रुपैयाँ हस्तान्त्रण गरिएको छ।
त्रिसिद्धेश्वरी राप्ति यातायात सेवा प्रालिले आज एक कार्यक्रमबीच आफ्ना गाडीमालिक केसीको परिवारलाई दश लाख रुपैयाँ प्रदान गरेको हो।
प्रालिका अध्यक्ष सुरेश हमालले मृतक केसीकी धर्मपत्नी कमला केसीलाई उक्त कार्यक्रममा चेक हस्तान्त्रण गर्नुभएको छ।
सो अवसरमा बोल्दै अध्यक्ष हमालले आफ्ना व्यवसायी केसीको निधनले ठूलो क्षति भएको बताउँदै पीडित परिवारलाई केही राहत प्रदान गर्न बीमाबापतको रकम हस्तान्त्रण गरिएको जानकारी दिनुभयो।
त्यस्तै, सो अवसरमा प्रशासनिक सचिव नारायणप्रसाद न्यौपानेले प्रालिले राहतस्वरूप दश लाख रुपैयाँ हस्तान्त्रण गरेको बताउनुभयो।