माहुली लघुवित्तद्वारा वित्तीय साक्षरता तथा केन्द्र प्रमुख गोष्ठी

घोराही, ४ चैत्र । माहुली लघुवित्त वित्तीय संस्था लिमिटेड घोराही शाखाले आयोजनामा वित्तीय साक्षरता तथा केन्द्र प्रमुख गोष्ठी सम्पन्न गरेको छ। केन्द्र नम्बर २३ का प्रमुख निर्मला सुनारको अध्यक्षता तथा घोराही उपमहानगरपालिकाका नगर प्रमुख नरुलाल चौधरीको प्रमुख आतिथ्य एवं घोराही १४ का वडाध्यक्ष भानसिंह बुढा र वडा नम्बर १८ का अध्यक्ष भरतमणि अर्यालको विशिष्ट अतिथ्यतामा कार्यक्रमको उद्घाटन सत्र सम्पन्न गरिएको थियो।

नगर प्रमुख चौधरीले आजको युगमा आर्थिक साक्षरता हरेक व्यक्तिका लागि अनिवार्य रहेको बताउदै वित्तीय व्यवस्थापन, बचत, लगानी र ऋणको सही उपयोगबारे ज्ञान नभएमा आर्थिक समृद्धि हासिल गर्न कठिन हुने बताउनु भयो। यस्ता कार्यक्रमले नागरिकलाई आत्मनिर्भर बनाउन सहयोग गर्नेमा जोड दिनुभएको छ। कार्यक्रममा घोराही उपमहानगरपालिका वडा नम्बर १४ का वडाध्यक्ष भानसिंह बुढा, वडा नम्बर १८ का वडा अध्यक्ष भरत अर्यालले लघुवित्त संस्थाहरूले प्रदान गर्ने वित्तीय सेवाहरूको सही उपयोग गरी स्थानीय उद्यमशीलता प्रवर्द्धन गर्न सहयोग पुराएको बताउनुभयो।

माहुली लघुवित्त वित्तीय संस्था लिमिटेडका केन्द्रीय कार्यालयका कामु प्रमुख कार्यकारी अधिकृत सरोजकुमार सिंहले शुभकामना मन्तव्य राख्दै माहुली लघुवित्तले आर्थिक सशक्तिकरणका लागि निरन्तर यस्ता कार्यक्रम आयोजना गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

कार्यक्रममा सहभागिहरुले सफलताको कथा समेत सुनाएका थिए । कर्जा बीमा बापतको रकमसमेत भुक्तानी गरिएको थियो। केन्द्र नं ४७ कि सदस्य सीता नेपालीको केही दिन अगाडि असामहिक निधन भएकाले संस्थाका तर्फबाट बीमा बापतको १ लाख २५ हजार रुपैयाँको चेक संस्थाका सदस्य आशा नेपालीलाई हस्तान्तरण गरिएको थियो

माहुली लघुवित्त वित्तीय संस्थाको अनुगमन कार्यालय कोहलपुर बाँकेका अनुगमन अधिकृत कृष्णप्रसाद न्यौपानेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण संस्थाका घोराही शाखा प्रमुख प्रकाशकुमार अर्यालले गर्नुभएको थियो।।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *