चेतना अनलाइन
काठमाडौं, २२ फागुन । सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिवमा डा. विकास देवकोटालाई नियुक्त गर्ने निर्णय गरेको छ ।
बुधबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले देवकोटालाई स्वास्थ्य सचिव बनाउने निर्णय गरेको हो ।
देवकोटा स्वास्थ्य सेवा विभागका महानिर्देशक हुनुहुन्छ ।
डा. देवकोटाले स्वास्थ्य मन्त्रालय विभिन्न महाशाखा प्रमुख र मन्त्रालयको प्रवक्ताको भूमिका निर्वाह समेत गरिसक्नुभएकाे छ ।
यस्तै लुम्बिनी प्रदेशको स्वास्थ्य सचिवको अनुभव पनि उहाँसँग छ ।