चेतना अनलाइन
घाेराही, १९ फागुन । रिटर्नी फेडरेसन नेपाल जिल्ला कमिटी दाङको दोस्रो जिल्ला अधिवेशन सम्पन्न भएको छ ।
चुडामणी चौधरीको अध्यक्षतामा नेकपा एमालेका केन्द्रीय सदस्य लुम्बिनी प्रदेशका स्कुल विभाग प्रमुख भागवत विश्वासीको प्रमुख आतिथ्यता र नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीका सचिव जनसंगठन समन्वय संयन्त्रका प्रमुख लक्ष्मण आचार्यको विशिष्ट अतिथ्यतामा सम्पन्न अधिवेशनले चुडामणि चौधरीको अध्यक्षतामा २१ सदस्यीय जिल्ला कमिटी चयन गरिएको छ ।
उपाध्यक्षमा मदन ओलीमहिला उपाध्यक्ष सुनिता बिक सचिवमा देवीराम जिसी कोषाध्यक्षमा तेजुखाम पुन उपसचिवमा किरण गिरी र भीम बोहरा चयन हुनुभएको छ । साथै २१ सदस्य कमिटीलाई कार्यक्रमका प्रमुख अतिथिले पद तथा गोपनियताको सपथ ग्रहण गराउनुभएको छ ।

कार्यक्रममा नेकपा (एमाले) लुम्बिनी प्रदेश कमिटी सदस्य, एमाले दाङ उपाध्यक्ष एवं जनसंगठन समन्वय संयन्त्र प्रमुख मनोहर बुढाथोकी, एमाले २ नम्बर क्षेत्र संयोजक सुदन केसी र एमाले २ (क) का संयाेजक भानसिंह बुढाले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रम युवा नेता केशव गिरीको स्वागत मन्तव्यबाट सुरु भएको थियो ।