स्वास्थ्य क्षेत्रको सुधार गर्न प्रदेश सरकार प्रतिबद्ध छ : मन्त्री चौधरी

नवराज शर्मा

घाेराही, १६ फागुन । राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल दाङको पाँचौं जिल्ला अधिवेशन शुक्रबार तुलसीपुरमा सम्पन्न भएको छ ।

अधिवेशनको उद्घाटन गर्दै प्रमुख अतिथि लुम्बिनी प्रदेश ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री सीता शर्मा चौधरीले स्वास्थ्यकर्मीहरूको भूमिका अकल्पनीय रहेको बताउँदै कोभिड महामारीदेखि विपद्‌को समयमा समेत स्वास्थ्यकर्मीहरू अग्रपंक्तिमा रही जनताको सेवा गरेको प्रशंसा गर्नुभयो । उहाँले स्वास्थ्यकर्मीहरू जनताको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएकाले उनीहरू मर्यादित र अनुशासित हुन आवश्यक रहेकोमा जोड दिनुभयो । साथै प्रदेश सरकार स्वास्थ्यकर्मी र स्वास्थ्य क्षेत्रको सुधारका लागि सधैं प्रतिबद्ध रहेको उहाँको भनाइ थियो ।

कार्यक्रममा अध्यक्षता राष्ट्रिय स्वास्थ्यकर्मी महासङ्घ नेपाल दाङका जिल्ला अध्यक्ष शरदराज गिरिले गर्नुभएको थियो ।
विशेष अतिथि राष्ट्रिय स्वास्थ्यकर्मी महासङ्घ नेपाल केन्द्रीय उपाध्यक्ष भीमराज सिंहले स्वास्थ्यकर्मीको हकहित र स्वास्थ्य क्षेत्रको सुदृढीकरणका लागि महासंघले प्रभावकारी भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो ।
त्यसैगरी नेकपा एमाले लुम्बिनी प्रदेश सदस्य तथा राष्ट्रिय भूमि आयोग अध्यक्ष हुकुमबहादुर बस्नेत, नेकपा एमाले लुम्बिनी प्रदेश सदस्य एवं राष्ट्रिय स्वास्थ्यकर्मी महासङ्घ सह-इन्चार्ज माया शर्मा, नेकपा एमाले दाङ जिल्ला उपाध्यक्ष मनोहर बुढाथोकी, नेकपा एमाले जिल्ला उपसचिव भुवनेश्वर पौडेल, नेकपा एमाले दाङ जिल्ला सचिवालय सदस्य तथा निर्वाचन विभाग प्रमुख विवेक श्रेष्ठ र नेकपा एमाले दाङ जिल्ला सदस्य एवं स्वास्थ्य विभाग प्रमुख विकास चौधरीलगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रममा राष्ट्रिय स्वास्थ्यकर्मी महासङ्घ नेपाल केन्द्रीय निर्वाचन आयोग अध्यक्ष मदन कुमार ओलीको पनि उपस्थिति रहेको थियो ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *