नारायण तर्ताल
म आगो सहन्छु, अन्याय सहन्न
म तृष्णा सहन्छु, तिरस्कार सहन्न
बरु शीर उडाओस्” ।।
प्रिय नेताजीहरू,
अमेरिकी राष्ट्रपतिले
नेपालीलाई दिएको
‘फ्रड’ शब्दको उपाधिले
मलाई मथिङ्गल खाएको खाएै छ
बिर्सन खोज्छु
बिर्सनै सक्दिन
बिर्सू पनि कसरी ?
फ्रड शब्दको अर्थ हेर्न
पर्यायवाची शब्दकोश खोले
त्यो त कताकता
ढोका शब्दमा पनि पर्दो रहेछ ।
हिजो एमसीसी परियोजनामा
सम्झौताको बाटो खोल्ने पनि
उनै ‘ट्रम्प’ राष्ट्रपति
आज त्यही परियोजनालाई लिएर
नेपालीलाई फ्रड भन्ने पनि
तिनै राष्ट्रपति ।
रातभरि छ्ट्पटिई छट्पटीई
सोँचे
न निदाएरै सोँचिरहे
एक्कासी मेरो मनले
आशङ्का निकाल्यो
एमसीसी सम्झौतासँगै
एसपीपीमा समर्थन त
जनाउनुभएको थिएन
कहीँ तपाईँहरूले, नेताहरूले
त्यसैको संकेत त
कहिँ त्यो फ्रड होइन ?
सावधान नेपालीहरू
नेपाललाई
कहीं युक्रेन बनाउन आँटिएको त छैन ?
एसपीपी अमेरिकी सरकारको
सैन्य योजना हो
नेपाललाई सैन्य अखडा बनाउने परियोजना हो
सतर्क रहाैं
साबधान रहाैं ।।
२०८१/११/११