विद्युत प्राधिकरण घोराही वितरण केन्द्रमा दुईवटा सबस्टेसन थपिँदै

चेतना अनलाइन

घोराही, १३ फागुन । नेपाल विद्युत प्राधिकरण घोराही वितरण केन्द्र अन्तर्गत थप दुईवटा सबस्टेसन निर्माण हुन थालेका छन् ।
घोराही वितरण केन्द्रमा यसअघि घोराही र कुहिरेपानीमा सबस्टेसन सञ्चालन भइरहेको छ ।

दुईवटा मात्र सबस्टेसनबाट सेवा प्रवाह गर्न असहज भएपछि थप दुईवटा स्टेसन निर्माण गर्न थालिएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।
अहिले घोराही उपमहानगरपालिका वडा नम्बर ९ मुकुण्डाँडा र घोराही उपमहानगरपालिका वडा नम्बर १२ हापुरमा सबस्टेसन निर्माणको काम भइरहेको छ । दुईवटै सबस्टेसन निर्माणको जिम्मा टुन्डी ग्रुप जे के इलेक्ट्रिक प्रवाह निर्माण कम्पनीले लिएको छ ।

मुकुण्डाँडामा निर्माणाधीन सबस्टेसनको काम ६० प्रतिशत भन्दा बढी सम्पन्न भइसकेकाे कन्सल्टेन्ट इन्जिनियर गोविन्द मल्लले जानकारी दिनुभयो । आगामी असोजभित्र मुकुण्डाँडाको सबस्टेसन सञ्चालनमा आइसक्ने उहाँले जानकारी दिनुभयो ।

हापुरको सबस्टेसन पनि आगामी आर्थिक वर्षको अन्त्यसम्म सञ्चालन भइसक्ने निर्माण कम्पनीले जानकारी दिएको छ । पछिल्लो समय घोराही आसपास क्षेत्रमा लो भोल्टेजको समस्या हुँदै आएको छ ।

सबस्टेसन निर्माणपछि लो भोल्टेजको समस्या समाधान हुने इन्जिनियर मल्लले बताउनुभयो । ” सबस्टेसनसँगै प्रसारण लाइन पनि नयाँ जडान हुने भएकाले विद्युत प्रवाहमा निकै सजिलो हुनेछ,” मल्लले भन्नुभयो, ” अबको केही समयपछि सेवाग्राहीहरूले सहज रुपमा विद्युत प्रयोग गर्न पाउनुहुनेछ ।”

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *