चेतना अनलाइन
घाेराही, ११ फागुन । घोराही उपमहानगरपालिकाको आयोजना र भूमी व्यवस्थापन प्रशिक्षण केन्द्र धुलिखेलको सहकार्यमा प्राविधिकहरुलाई जग्गाको नापनक्सा सम्बन्धी सात दिने तालिम सञ्चालन भएको छ ।
घोराही उपमहानगरपालिका र नापी कार्यालय घोराहीका प्राविधीकहरुलाई जियोग्राफिकल इन्फरमेसन सिस्टम सम्बन्धी सात दिने तालिम सञ्चालन भएको हो । विभिन्न यन्त्र र प्रविधीको प्रयोग गरेर संकलन गरिने तथ्यांकलाई संसोधन गरेर डिजिटल कित्ता नापी गर्न सिकाउने र थप आधुनिक प्रविधी सम्बन्धीका बिषयमा प्रशिक्षकहरु सुदिप श्रेष्ठ, सन्जीवकुमार रावत र भुवनसिंह बिष्टले प्रशिक्षण दिने कार्य तालिका रहेको छ ।
तालिममा नगर प्रमुख नरुलाल चौधरीले आधुनिक प्रविधिको प्रयोगले नै काममा छिटो छरितो ल्याउन सहयोग पुग्ने बताउनुभयो ।
नगरबाट नियमित प्रबाह हुदै आएको काम सँगै भूमिहिन सुकुम्बासीहरुको समस्या समाधानमा गर्नुपर्ने नापजाँचलाई पनि सहज बनाउन तालिम अपरिहार्य भएको उल्लेख गर्नुभयो ।