योजना र उद्देश्यले व्यावसायिक सफलता मिल्छ : नगर प्रमुख चौधरी

घोराही, १० फागुन । घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले कुनै पनि ब्यबसायमा सफलता प्राप्त गर्न योजना र उदेश्य अनिवार्य हुनुपर्नेमा जोड दिनुभएको छ ।

सुरक्षित कुखुरा तथा दाना ब्यबसायी समिति घोराही दाङले आयोजना गरेको कुखुरा पालन तथा खोर ब्यबस्थापन तालीमको उद्घाटन गर्दै नगर प्रमुख चौधरीले बिना योजना र उदेश्य बिनाको पेशा ब्यबसाय सफल हुन नसक्ने बताउनु भएको हो । समितिका अध्यक्ष मिनु गिरिको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी रहनुभएका नगर प्रमुख चौधरीले छिटो उत्पादन दिने र कमाइ राम्रो हुने कुखुरा पालन ब्यबसाय भएकाले अर्को तर्फ जोखिम पनि उत्तिकै रहेको बताउनुभयो ।

कुखुराको मासु र अण्डाले दाङ आत्मनिर्भर रहेको उल्लेख गर्दै उहाँले कमाइ सङ्गै गुमाउन पर्ने अबस्थामा समेत पुग्न सकिने भएकाले नोक्सानी कम गर्न तर्फ व्यावसायिक सीप, ज्ञान र तालिमको आबस्यक रहेको बताउनुभयो । कुखुरा पालन ब्यबसायले सृजना गरेको रोजगारी र चलायमान गरेको अर्थतन्त्रले देश बिकासमा ठुलो भुमिका रहेको उहाँको भनाइ छ । जीवनकालको महत्त्वपूर्ण पक्ष श्रम भएको बताउनुभयो ।आफ्नो काम र श्रमलाई सम्मान गर्न आबस्यक रहेको उहाँको भनाइ छ । उहाँले भन्नू भयो – म पनि राजनीति सङ्गै कुखुरा पालनबाट यहाँ सम्म आएको छु । मलाइ आफ्नो पेशा प्रती गर्व लाग्छ ।

कुखुरा पलान र अण्डा उत्पादनलाई अब प्रशोधन र उद्योग तर्फ लैजान आबस्यक रहेको धारणा राख्नुभयो । नेपाल मै केही गर्छु भन्ने हिम्मत लिन आबस्यक रहेको उहाँको भनाइ छ । यस्ता तालिमले ब्यबसायिक किसानहरुलाई ठुलो राहत मिल्ने बताउनुभयो । समितिका उपाध्यक्ष तिलक भण्डारीको स्वागत मन्तव्यबाट शुरुभएको कार्यक्रममा निबर्तमान अध्यक्ष निमबहादुर बुढाथोकी, सल्लाहकार एक नारायण पौडेलले कुखुरा पालन ब्यबसायलाई सुरक्षित बनाउन राज्यले समेत तालिम, राहतको ब्यबस्थापन गर्नुपर्नेमा जोडदिनुभयो । कार्यक्रमको सहजीकरण सुन्दरबहादुर बस्नेतले गर्नुभएको थियो ।

तालिममा डाक्टरहरु मनोज वलि र डाक्टर सुरज डागीले किसानहरुलाई कुखुरा पालनलाई सुरक्षित बनाउने बिषयमा प्रशिक्षण दिनुभएको छ । तालिममा एक सय जना बढी कुखुरा पालक किसानहरुको सहभागीता रहेको छ ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *