महेन्द्र बहुमुखी क्याम्पसमा १६ वर्षपछि पुनः चमेना गृह सञ्चालन

चेतना अनलाइन

दाङ, १० फागुन । घोराहीमा रहेको महेन्द्र बहुमुखी क्याम्पसमा १६ वर्षदेखि बन्द रहेको चमेना गृह पुनः सञ्चालनमा आएको छ ।

सञ्चालनमा ल्याइएको चमेना गृहको उद्घाटन क्याम्पस प्रमुख डा. नारायण पन्थी र स्वतन्त्र विद्यार्थी युनियनका सभापति मनोज डिसीले गर्नुभयाे । चमेना गृह सञ्चालनमा आएपछि विद्यार्थीले सहुलियतमा स्वच्छ, सफा र सुविधासम्पन्न वातावरणमा खाना, खाजा तथा नास्ता प्राप्त गर्न सक्ने भएको महेन्द्र बहुमुखी क्याम्पसका स्ववियु अध्यक्ष मनोज डिसीले बताउनुभयाे ।

उद्घाटन कार्यक्रममा क्याम्पस प्रमुख डा. पन्थीले विद्यार्थीहरूको सुविधाका लागि चमेना गृहको पुनः सञ्चालन महत्वपूर्ण रहेको बताउनुभयाे । स्ववियु अध्यक्ष मनोज डिसीले विद्यार्थीहरूको दीर्घकालीन माग पूरा भएकोमा खुसी व्यक्त गर्दै सफा र गुणस्तरीय नास्ता प्राप्त गर्ने विद्यार्थीको अधिकार सुनश्चित हुनुपर्ने बताउनुभयो । विद्यार्थीहरूले लामो समयदेखि चमेना गृहको अभाव महसुस गरिरहेका थिए ।

इतिहासमै पहिलोपटक खुला प्रतिस्पर्धाबाट क्याम्पस प्रमुखमा नियुक्त भएपछि डा. पन्थीले विभिन्न सुधारका योजनाहरु अगाडि बढाउनुभएको छ ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *