सङ्खुवासभा । सङ्खुवासभा जिल्लाको चैनपुर नगरपालिका स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन लिजामा जिल्लाकै प्रथम स्थान हासिल गर्न सफल भएको छ ।
कुल १०० मा ८६.२५ अंक प्राप्त गर्दै चैनपुर नगरपालिकाले पहिलो स्थान हासिल गरेको हो । यसैगरी, सभापोखरी गाउँपालिकाले ८६ अंक प्राप्त गरी दोस्रो स्थान प्राप्त गरेको छ भने मकालु गाउँपालिका र सिलिचुङ गाउँपालिकाले समान ८० अंक प्राप्त गरी तृतीय स्थान हासिल गरेका छन् ।
पहिलो स्थान हासिल गर्न सफल भएको चैनपुर नगरपालिकाले आगामी दिनमा अझ प्रभावकारी सेवा प्रवाह गर्ने प्रतिबद्धता जनाएको छ ।