एमाले निकट प्रवासी नेपाली मञ्च थेजन-छनानको अध्यक्षमा गणेश डाँगी चयन

दक्षिण कोरिया – नेकपा एमाले समर्थित प्रवासी नेपाली मञ्च (ONF) दक्षिण कोरिया क्षेत्रीय समिति थेजन-छनानको पाँचौं अधिवेशन शनिबार सम्पन्न भएको छ।

अधिवेशनले गणेश डाँगीको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ। नयाँ कार्यसमितिमा तुलजित राई उपाध्यक्ष, केशव अधिकारी सचिव, विपिन कन्दङवा उपसचिव चयन भएका छन्। त्यस्तै, सदस्यहरूमा गंगाराम तामाङ, सुवास लिम्बू, तोयानाथ ओझा, घनश्याम सेन ठकुरी, बाबुराम शाह, जगतराम चौधरी, डिल्लीराम गौतम, गुरु गौतम, र काशीराम बुढाथोकी रहेका छन्।

दक्षिण कोरियाको छनानस्थित माइतीघर रेस्टुरेन्टको हलमा सम्पन्न अधिवेशनमा प्रवासी नेपाली मञ्च (ONF) दक्षिण कोरियाका केन्द्रीय अध्यक्ष अन्जन कुलुङ राई प्रमुख अतिथि रहेका थिए। निर्वाचन मण्डलका संयोजक देवेन खम्बु तथा सदस्यहरू सन्दीप चाङवाङ र सलिन लामिछानेले नयाँ कार्यसमिति चयनको घोषणा गरेका हुन्।

दक्षिण कोरियामा लामो समयदेखि स्थापित प्रवासी नेपाली मञ्चले प्रवासी नेपाली समुदायको हकहितका विषयमा सक्रिय भूमिका खेल्दै आएको छ। संगठनले सामाजिक तथा राजनीतिक गतिविधिमा निरन्तर सहकार्य गर्दै आइरहेको छ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *