ओली आउने एमाले सभाको तयारी अन्तिम चरणमा, महासचिव पोखरेल भोलि दाङ आउने

चेतना अनलाइन

घाेराही, ३ फागुन । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने सभाको तयारी अन्तिम चरणमा पुगेको नेकपा (एमाले) दाङले जनाएको छ ।

सभामा जिल्लाका १०० वटै वडाबाट आम जनसमुदायको सहभागिता रहने नेकपा (एमाले)का पोलिटब्युरो सदस्य एवं दाङ जिल्ला इन्चार्ज तथा घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरीले जानकारी दिनुभयो । एमालेले सभामा ५० हजार जना उपस्थित हुने लक्ष्य राखे पनि त्योभन्दा बढी सहभागी हुने गरी उत्साहजनक रूपमा तयारी भइरहेको चौधरीले बताउनुभयो ।

सभाको अघिल्लो दिन भोलि आइतबार नेकपा एमालेका महासचिव शंकर पोख्रेल दाङ आउँदै हुनुहुन्छ । प्रधानमन्त्री ओली भने सोमबार नै दाङ आउने कार्यक्रम तय भएको छ । सभामार्फत नेकपा एमाले विरुद्ध र सरकार विरुद्ध फैलाइएका भ्रमहरू चिर्न सहयोग पुग्ने महासचिव पोखरेलले बताउनुभयो ।

नेकपा एमाले दाङका अध्यक्ष शिवकुमार आचार्यले सभाको तयारीका लागि मञ्च व्यवस्थापन, जुलुस व्यवस्थापन तथा स्वयंसेवक परिचालनको सम्पूर्ण तयारी पुरा भइसकेको जानकारी दिनुभयो । ” यो सभाले आम नागरिकहरूमा निराशा बाडेर अराजकता फैलाउने तत्वहरूको षड्यन्त्रलाई चिर्नका लागि महत्वपूर्ण भूमिका खेल्नेछ,” आचार्यले भन्नुभयाे, ” म आमसभामा सहभागिताका लागि हार्दिक अपिल गर्न चाहन्छु ।”

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *